‘किस’ खाएर १६ लाख लुट्ने लुटेरा समूहलाई यसरी समात्यो प्रहरीले



हाम्रो इकोनोमि

एक साताअघि भक्तपुरमा डकैतीमा संलग्न समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्।

उनीहरुले गत १० गते सूर्यबिनायक निवासी राम बहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर १६ लाख ७ हजार ९ सय बराबरको डकैती गरेका थिए।
घटनामा संलग्न तीन जना फरार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

लुटपाट गरेपछि एक अभियुुक्तले पीडित तामाङको छोरालाई गालामा किस खाएर हिडेका थिए।

महाशाखाका अनुसार यस्तो थियो डकैतीको योजना-

 घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगाते मा घटनामा सम्लग्न रहेका ८ जना भेट गरी पिडितको घर नजिक भेटभई खाजा खाई डांका गर्ने घरको निग्रानी गरेको ।
 राती ९ बजे पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निग्रानी गरेको ।
 राती २ बजेको समयमा घरमा प्रवेश गरी सबै परिबार लाई नियन्त्रणमा लिई पेस्तोल , खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद , सुनका गर गहना , मोवाईल समेत डाका गरि लगेका ।
 साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मो।सा।चोरी समेत लिई गएका ।
 घटना घटना पश्चात निज हरु मोटरसाइकल तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएका ।
 डाका गरेका सुनका गर गहना डाका घटनामा सम्लग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु २,९०,००० लिएका

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...