‘किस’ खाएर १६ लाख लुट्ने लुटेरा समूहलाई यसरी समात्यो प्रहरीले



हाम्रो इकोनोमि

एक साताअघि भक्तपुरमा डकैतीमा संलग्न समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्।

उनीहरुले गत १० गते सूर्यबिनायक निवासी राम बहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर १६ लाख ७ हजार ९ सय बराबरको डकैती गरेका थिए।
घटनामा संलग्न तीन जना फरार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

लुटपाट गरेपछि एक अभियुुक्तले पीडित तामाङको छोरालाई गालामा किस खाएर हिडेका थिए।

महाशाखाका अनुसार यस्तो थियो डकैतीको योजना-

 घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगाते मा घटनामा सम्लग्न रहेका ८ जना भेट गरी पिडितको घर नजिक भेटभई खाजा खाई डांका गर्ने घरको निग्रानी गरेको ।
 राती ९ बजे पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निग्रानी गरेको ।
 राती २ बजेको समयमा घरमा प्रवेश गरी सबै परिबार लाई नियन्त्रणमा लिई पेस्तोल , खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद , सुनका गर गहना , मोवाईल समेत डाका गरि लगेका ।
 साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मो।सा।चोरी समेत लिई गएका ।
 घटना घटना पश्चात निज हरु मोटरसाइकल तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएका ।
 डाका गरेका सुनका गर गहना डाका घटनामा सम्लग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु २,९०,००० लिएका

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...