६ महिनामा कसरी मरे १७ गैँडा ?



चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् ।

शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक गरी चार गैंँडा बाढीका कारण मरेका हुन । अर्यालकाअनुसार बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेका छन् ।

५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हँुदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँंडा ३०÷३५ वर्ष कटेका रहेका छन् । गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँंडा मरेका थिए ।

सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँंडा रहेका थिए । सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको छ ।

गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि