प्रधानन्यायाधीशले गुण्डा लगाएर घर घेर्न र मार्न खोजे पछी वकिलले गुहारे सिडिओ



हाम्रो इकोनोमि

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

प्राडा गोविन्द केसीका पक्षबाट सर्वोच्च अदालतमा बहस पैरवी गरेको प्रतिशोध साँधेर आफूलाई ज्यान मार्ने धम्की दिएको आज दर्ता गराइएको निवेदनमा उल्लेख छ। शान्ति सुरक्षा पाऊँ भन्ने व्यहोराको उक्त निवेदनमा गत बिहीबार बिहान ज्यान मार्ने धम्की दिएको भण्डारीले बताएका छन्। मंगलबार दिउँसो २ बजे काठमाडौंस्थित शंखमुलमा रहेको आफ्नो कार्यालयमा केही मान्छेलाई पठाई घेर्न लगाएको समेत उनले बताए।

‘मलाई कार्यालयमा मान्छे पठाएर फेरि धम्की दिएको हुँदा निज प्रधानन्यायाधीशबाट खतरा भएकाले जिउज्यानको सुरक्षा गरिपाऊँ,’ उनले लेखेका छन्, ‘मेरो जिउज्यान तलमाथि भए गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ।

प्रधानन्यायाधीश पराजुलीले ९८५२०३१६६६ नम्बरबाट आफूलाई फोन गरी धम्क्याएको निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...