सात प्रदेशमा सभामुखको बाजी मार्नेको यस्तो छ सुची,मुख्यमन्त्री हुने यी हुन् सात भाग्यमानी



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री संगसंगै प्रदेशसभाको सभामुख र उपसभामुख पदको भागबण्डा मिलेको छ । दुई पार्टी सम्मिलित कार्यदलले आइतवार भागबण्डा टुंग्याएका हुन् ।
दुई दलबीच भएको सहमतिअनुसार प्रदेश नम्बर १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख एमालेले तथा प्रदेश नम्बर ४ र ५ को माओवादी केन्द्रले पाउने छन् । एउटा पार्टीको सभामुख भएको प्रदेशमा स्वतः अर्को दलको उपसभामुख हुनेछन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुनु नहुने कानूनी व्यवस्था छ ।

प्रदेश नम्बर १ मा नेकपा एमालेका तर्फबाट शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीका दाबेदार छन् । मुख्यमन्त्रीका दाबेदारमध्ये एकले सभामुख पाउने सम्भावना रहेको एमाले स्रोतले बतायो । जीवन घिमिरे, हिक्मत कार्की, राजेन्द्र राईले पनि मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । एमालेले पाएका ४ मध्ये एकमा महिला सभामुख बनाउने अवस्थामा प्रदेश नम्बर १ मा उषाकला राईको सम्भावना छ । उनी पूर्वसभासद पनि हुन् ।

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका लागि अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले आकांक्षा देखाएका छन् । दुवैको रणनीति मुख्यमन्त्रीमा छ, सभामुखमा चित्त बुझाउने सम्भावना कम देखिएको छ । एमाले स्रोतका अनुसार प्रदेश नम्बर ३ का जेष्ठ सदस्य डोरमणि पौडेल यो प्रदेशको सभामुख बन्ने सम्भावना छ । हेटौंडा नगरपालिकाका पूर्वमेयर समेत रहेका पौडेलले सांसदहरुलाई शपथ गराएका थिए ।

प्रदेश नम्बर ६ मा प्रकाश ज्वाला र यामलाल कंडेलमध्ये एकजना सभामुख बन्ने सम्भावना छ । दुवैजना मुख्यमन्त्रीका आंकाक्षी थिए । प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउने पक्का भएपछि सभामुख एमालेले पाउन लागेको हो । यो प्रदेशमा उपसभामुख माओवादीले पाउने छ । उपसभामुखमा सीता नेपालीको सम्भावना रहेको छ ।

प्रदेश ७ मा पठानसिंह बोहरा, प्रकाश शाह, तारा लामा तामाङ, झपट रावल लगायतको चर्चा छ । शाह वैकल्पिक केन्द्रय सदस्य हुन् । बोहराले कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए । मंगलबार बस्ने एमाले स्थायी समितिको बैठकले मुख्यमन्त्री र सभामुखको उम्मेदवार तय गर्नेछ ।

वामपन्थी गठबन्धनले प्रदेश नम्बर दुईको मुख्यमन्त्री र सभामुख दुवैमा मधेशकेन्द्रित दलहरुलाई छाड्ने संकेत गरेका छन् । प्रदेश २ मा संघीय समाजवादी फोरम ठूलो पार्टी भएकोले मुख्यमन्त्री उसले पाउने सम्भावना छ । फोरमले मुख्यमन्त्री पाएको खण्डमा सभामुख राजपाले पाउने छ । राजपाका तर्फबाट जितेन्द्र सोनल, मनिषकुमार सुमन वा डा डिम्पलकुमारी झाको सम्भावना छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी डिम्पल पूर्वसांसद् हुन् ।

प्रदेश नम्बर ४ र ५ मा सभामुख माओवादीले पाएको छ । यस विषयमा माओवादीले भोलि मात्र निर्णय गर्ने एक सांसदले जानकारी दिए । तर, पनि प्रदेश नम्बर ४ मा आशा कोइराला, रामजीप्रसाद बराल, विनोद केसीलगायतको नाम चर्चा छ । देउवा सरकारमा मन्त्री रहेकी कोइराला कांग्रेस युवा नेता प्रदीप पौडेललाई पराजित गर्दै तनहुँबाट प्रदेश सभामा निर्वाचित भएकी थिइन् ।

प्रदेश ५ मा कुलप्रसाद केसी सोनाम, सुदर्शन बराल, कृष्णध्वज खड्का र दामाकुमारी शर्मा लगायतको नाम चर्चामा छ । एमालेले सभामुख पाएको ठाउँमा माओवादीले उपसभामुख र माओवादीले सभामुख पाएको ठाउँमा एमालेले उपसभामुख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...