देउवालाई पाँच करोड बुझाएर चिफ हुन नसकेका एआइजी चन्दको यस्तो धन्धा,घुमुवा खटाएर यसरी असुल्छन अबैध चन्दा



महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी र मातहत निकायहरूबीच द्वन्द्व बढेको छ । आयुक्त कार्यालयले आफू माथाहतका निकायले सूचना प्रवाह गर्दा वा अनुसन्धानको कारबाही अगाडी बढाउँदा जानकारी गराउनुपर्ने निर्देशन दिएपछि कलह बढेको हो । प्रहरीको चेनअफ कमाण्डमा रहनुपर्ने भन्दै आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले मात हतका सबै निकायलाई निर्देशनात्मक अभिव्यक्ति दिन थालेपछि निकायका प्रमुखहरूले प्रहरी प्रधान कार्यालयलाई सबै विषय जानकारी गराउन नसकिने बताउन थालेका छन् ।

महानगरीय अपराध महाशाखाले ६ महिना अघि ८८ किलो सुन बरामद गर्दा आफूलाई किन जानकारी नगराएको भन्दै आयुक्त कार्यालयका प्रमुख चन्दले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीलाई स्पष्टिकरण लिएका थिए । बरामद भएको सुनको पत्रकार सम्मेलनमा आफू उपस्थित भएका थिए । उनी जस लिनका लागि उनी उपस्थित भएको चर्चा चलेको थियो । लोहनीलाई मात्र होइन काठमाडौं उपत्यकाको वृत्तमा कमाण्ड गरिरहेका डिएसपीहरूलाई समेत त्यही प्रकारको निर्देशन चन्दले दिने गरेका छन् जसले गर्दा प्रहरी परिसरको भूमिकामा समेत प्रश्न खडा भएको छ । स्रोतका अनुसार वृत्तका डिएसपीहरूले शुरूमा एआइजी चन्दलाई व्रिफिङ गरेपछि मात्रै परिसरका प्रमुखहरूलाई विफ्रिङ गर्ने गरेका छन् । परिसर प्रमुखहरू यतिबेला केही बोल्न सक्ने अवस्थामा नभएको दुखेसो गर्न थालेका छन् ।

‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए भन्ने समाचार आएपछि पनि जयबहादुर चन्दले लोहनीलाई स्पष्टिकरण लिएका थिए । अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो । जिम्मेवार निकायबाट फैलिएको भ्रामक सूचनाले अहिले प्रहरीमा लफडा सुरू भएको महानगरीय प्रहरी प्रमुख एआईजी चन्दले ‘टिके कहिले म¥यो भन्ने, कहिले घाइते भन्ने ? यस्तो सूचना कसरी लिक भयो ?’ भन्दै लोहनीसँग प्रस्टीकरण मागेका स्रोतले जनाएको छ ।

भक्तपुरको एक हुण्डी कारोवारीलाई पक्राउ गर्नासाथ एसएसपी लोहनीले छाडेको बिषयमा समेत एआईजी चन्दको निर्देशन भएको स्रोतको दाबी छ । अपराध महाशाखाका एसएसपी लोहनीको टोलीले भक्तपुरबाट हुन्डी कारोबारी राजेश उपाध्ययलाई उठाएर ल्याएको थियो । राजेशका हुन्डी पार्टनर जेपी भट्टराईको स्वार्थमा एआइजी चन्दले लोहनीलाई छाड्न निर्देशन दिएपछि उनी बाध्य भएर छाडेको स्रोत बताउँछ । स्रोतका अनुसार आयुक्त कार्यालयले छुट्टै घुमुवा राखेर आफू अनुकुल काम नगर्ने प्रहरी अधिकृतहरूलाई दिइने मूल्याङ्कनमा समेत भेदभाव गरिएको छ । त्यतिमात्र होइन ललितपुर प्रहरी परिसरका प्रमुख गणेश ऐर र काठमाडौ प्रहरी परिसका प्रमुख रविन्द्र धानुकलाई पनि स्पष्टिकरण सोध्ने तयारी भैरहेको छ । आयुक्त कार्यालयको हस्तक्षेप यो नयाँ श्रृङखला भने होइन । चन्दले जिम्मेवारी सम्हाले लगत्तै उनले आफूलाई जानकारी नगराई कुनैपनि सन्देश प्रवाह नगर्न भनेका थिए । तर परिसर अन्य महातहत निकायले त्यसलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका स्थानको सुचना प्रवाह गर्न आयूक्त कार्यालयको अनुमति लिइरहनु नपर्ने भन्दै सञ्चार माध्यममा सूचना दिँदै आएका थिए ।

पछिल्लो पटक महाशाखालाई ललितपुर क्षेत्र नं १ बाट विजयी सांसद नवराज सिलवालको खोजी गर्ने जिम्मेवारी समेत दिइएको थियो तर महाशाखाले त्यसमा वास्ता नगरेपछि टिके प्रकरणमा स्पष्टिकरण लिएका लिइएको हो । माथिल्लो निकायले मातहत निकायको मूल्याङ्कन गर्ने भएकाले पनि यतिबेला एसएसपी लोहनी एआइजी चन्दको निर्देशन मान्न बाध्य भएका छन् । उनै एआइजी चन्दले मूल्याङ्कन गर्ने भएकाले पनि हुण्डी कारोवारीलाई छाड्नु परेको लोहनीले आफु निकटका अधिकारीसँग दुखेसो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित