मेडिकल सोसाईटीले ग¥यो निःशुल्क स्वास्थ्य परिक्षण, परिक्षणसँगै न्यानो कपडा र पौष्टिक आहार बितरण



हाम्रो इकोनोमि

द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका ४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्ट सहित संस्थकै कार्यलयमा पुगरे निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । संस्थामा १२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका बृद्धले समेत आश्रय सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचार सँगै न्यानो कपडा,पौष्टिक आहार बितरण समेत गरेका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।

डा.रमनका अनुसार संस्थामा उचित खानेपानीको ब्यबस्थापन नहदाँ बिभिन्न किसीमका समस्याहरु देखिएको बताए । बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ भने अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए । उनका अनुसार संस्था आश्रय लिईरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको छ ।डा. रमनले अगामि दिनमा थप चिकित्स लिएर आएर संस्थामा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए ।

सडकमा अलपत्र परेका,अनाथ, असाहय तथा बहुअपाङ्गता भएका ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए । थापाका अनुसार समाजले हेला गरेका ब्यक्तिहरुलाई संरक्षण दिईरहको बताए । थापा आफै पनि शारिरिक अपाङ्ग हुन् ।

यहाँ आश्रय लिईरहेका ब्यक्तिहरुलाई दैनिक खानपान देखि आवश्यक पर्ने गाँस बासको समेत ब्यबस्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप गुर्नका संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा, केही औषधी तथा स्वास्थ्यसम्बन्धी जानकारी दिएकोमा अध्यक्ष थापाले आभार ब्यक्त गरे ।

‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्था यस अधि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थयो । संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको आस्मा पौडेलले बताईन् । २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...