दरबारमार्गको होटलमा पूर्व गृहमन्त्रीकी भान्जी बलात्कार काण्डमा पैसाको चलखेल, डिएसपी र इन्सपेक्टर माथि कोर्रा बर्साईदै



हाम्रो इकोनोमि

दरबारमार्गको एक होटलमा एक किशोरीमाथि मदिरा पिएर युवकहरुले सामूहिक बलात्कार गरेका छन्। घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी र इन्सपेक्टरमाथि छानिबन सुरु भएको छ।

बलात्कार जस्तो गम्भीर मुद्दा आर्थिक चलखेलमा मिलाइएको भन्दै छानबिन सुरु भएको हो।वृत्तका डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि परिसरले छानबिन थालेको हो। बिहिबार दरबारमार्गकै ल्याण्डमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार भएको थियो। पीडित युवती उजुरी लिएर प्रहरीमा गएपनि प्रहरीले अनुसन्धान नगरी मिल्न दबाब दिएको थियो। अभियुक्तहरु पैसावाल भएकाले उनीहरुले पीडित किशोरी तथा प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेर केस मिलाएका हुन्।

घटनाबारे थाहा पाएपछि महानगरीय प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा सोमबार छानबिन समिति गठन गरेको छ। बलात्कार मुद्दा मिलाइएको सूचना आएपछि छानबिन थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रबिन्द्र धानुकले बताए।

स्रोतका अनुसार युवतीलाई २५ लाख रुपैयाँ दिने सर्तमा उजुरी नगर्न फकाइएको थियो। बिहिबार बेलुका युवती आफ्ना एककेटा साथीसँग कमलादीस्थित ल्याण्डमार्क होटलमा गएकोमा अन्य तीन जनाले मदिरा पिएर उनलाई बलात्कार गरेका थिए। श्रोत भन्छ- बलात्कारमा परेकी युवती पूर्व गृह मंत्रीको भान्जी हुन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...