क्यान इन्फोटेक मेलाको नाममा कमाउधन्दा, अध्यक्ष सहित पदाधिकारी करोडौँ कुम्ल्याउने दाउमा
विगत २३ वर्षदेखि नयाँनयाँ प्रविधिको ब्रान्डिङ गर्ने उद्देश्यले प्रदर्शनी हुँदै आएको विभिन्न कम्पनीका सूचनाका साधनहरु यसपटक पनि प्रदर्शनी चम्किएका छन् ।नेपाल इन्फरमेसन टेक्नोलोजि, इन्टरटेन्मेन्ट सो एण्ड कन्फर्मेसन (क्यान इन्फोटेक) द्वारा आयोजित २४औँ संस्करणको प्रदशनी बिहीबार (माघ ११) देखि सुरु भएको हो । तर क्यान इन्फोटेकको नाउँमा कमाउ धन्दा चलाएका छन । क्यान मेला संचालन गर्न लाग्नेभन्दा कयौँ गुणाँ बढी रकम उठाउँने र हिनामिना गर्न अध्यक्ष सहित कार्यसमितिका पदाधीकारी लागेका छन ।
विद्यार्थीका लागि न्यूनतम ५० रुपियाँ र अन्यका लागि अनिवार्य एक सय रुपियाँ टिकट दर राखिएको इन्फोटेक मेलामा दिनहुँ कम्तीमा २० हजार मानिसको आवागमन रहेको आयोजकको दाबीलाई नै मान्ने हो भने पनि १ सय र ५० बीचको ७० रुपियाँको रेसियो राख्दा पनि दैनिक १४ लाख भन्दा बढीको त टिकट नै बिक्री भइरहेको छ ।
प्रविधि सेवा पनि हो भन्ने भावना भन्दा पनि जसरी पनि पैसा कमाउनु पर्ने धारणाबाट आयोजकहरु मुक्त हुनु पर्ने मेलामा आएका सर्वसाधारणहरुबाटै सुझाव दिइएको पनि पाइयो ।