बर्दियामा पाँच वर्षयता ६९६ जना कुष्ठरोगी



हाम्रो इकोनोमि

बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिनुभएको छ ।

उहाँले ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ औँ विश्व कुष्ठरोग दिवशका अवसरमा पत्रकारसँगको अन्तक्र्रियामा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार गतवर्ष कुष्ठरोगी बढेका थिए औषधि खानेमा तीन हजार २१५ जना थिए भने यस वर्ष दुई हजार ६२६ जना उपचार लिने बिरामी छन् ।

पहिलेको तुलनामा बिरामी घट्दै छन् यस वर्षको पहिलो चौमासिकमा २७ जना बिरामी पत्ता लागेका र सबैभन्दा बढी गुलरिया नगरपालिकामा रहेको उहाँले बताउनुभयो ।

निःशुल्क उपचारका लागि सिफारिश

यसैबीच, बर्दियाबाट क्यान्सर रोगीलाई २०६८ देखि २०७४ सालसम्म ४५८ जनालाई निःशुल्क उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले सिफारिश गरेको शाहले बताउनुभयो ।

त्यसैगरी सिकलशेल रोगका बिरामी ३८२ लाई, २२८ मुटुरोगकालाई, १५१ जना मिर्गौला रोगका बिरामी, १३ जना स्पाइनल इजुरी, एकजना हेडइन्जुरी गरी जम्मा ६१० जना महिला र ६२३ जना पुरुष समेत जम्मा एक हजार २३३ जनालाई निःशुल्क उपचारको लागि सिफारिश गरी पठाएको जानकारी दिनुभयो ।

यस्तै, निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ५४८ जनाले सेवा पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार ८०० लाई बन्ध्याकरण गर्नुपर्नेमा अबको १० दिनभित्रमा लक्ष्य पूरा हुनसक्ने सूचना अधिकृत कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी बन्ध्याकरण गर्नेमा महिला ९३ प्रतिशत छन् भने पुरुष सात प्रतिशत मात्र छन् । पुरुषले रोजगारीको सिलसिलामा घरबाट बाहिर जानुपर्ने भएकाले कमजोर शरीर हुने भएको हुँदा उनीहरु बन्ध्याकरण गर्न नमान्ने चौधरीको भनाइ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...