देउवा सरकारले पूर्व राष्ट्रपतिको मान मर्दन हुने गरी यस्तो तोक्यो मर्यादाक्रम



हाम्रो इकोनोमि

प्रदेश सरकार तर स्थानीय तहका अधिकारीहरुलाई समेटेर सरकारले नयाँ मर्यादाक्रम बनाएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले नयाँ मर्यादाक्रम तय गरेको हो। यसअघि बनाइएको मर्यादाक्रममा स्थानीय तहका अधिकारीहरुले असन्तुष्टि जनाएपछि सरकारले नयाँ मर्यादाक्रम बनाएको हो।
पूर्वराष्ट्रपति भन्दा प्रदेश प्रमुख माथि
नयाँ मर्यादाक्रमअनुसार प्रदेश प्रमुख पूर्वराष्ट्रपति तथा उपप्रधानमन्त्रीभन्दा माथि छन्। गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीका अनुसार प्रदेश प्रमुखलाई ६ नम्बरमा राखिएको छ। त्यस्तै प्रदेशका मुख्यमन्त्री र केन्द्रीय मन्त्रीको मर्यादा एउटै हुने भएको छ।

यस्तो उच्च पदहरुको मर्यादाक्रम
१.राष्ट्रपति
२.उपराष्ट्रपति
३.प्रधानमन्त्री
४.प्रधानन्यायधीश
५.व्यवस्थापिक संसदको सभामुख
६.प्रदेश प्रमुख
७.पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री
८. संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री, ब्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, ब्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पूर्वसभामुख
९.राज्यमन्त्री, प्रदेश सभामुख, संविधानसभार व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति र अध्यक्ष
१०. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपतिहरु
११. सर्वोच्च अदालतका न्यायाधीस, न्यायपरिषदका सदस्य

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...