काठमाडौँमा नक्कली डाक्टरको बिगबिगी:२० जना नक्कली डाक्टरलाई प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्।

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्रीले बताएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।

अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए।
डा खत्रीका अनुसार पक्राउ परेका उनीहरु मध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन् । विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलका नियम अनुसार अनुमति लिनुपर्छ।

सिअाइबीसँगै काउन्सिलका तर्फबाट छापा मार्न पुगेका डा खत्री भन्छन्, ‘उनीहरुले चिकित्सा अध्ययन पनि नगरेको हुन सक्ने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...