राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनेको नाम घोषणा,आयोगले घोषणा गरेका यी हुन् २४ भाग्यमानी



हाम्रो इकोनोमि

राष्ट्रियसभामा सातवटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्यमध्ये २४ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । विभिन्न कलष्टरका २४ सिटमा निर्वाचित हुने संख्या अनुसार नै उम्मेदवारी परेकाले ती व्यक्तिहरु निर्विरोध निर्वाचित भएका हुन् । बाँकी ३२ सिटका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ राष्ट्रियसभा सदस्य चुनिने छन् । संविधान अनुसार उक्त संख्यामा कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना हुनेछन् । प्रदेश नम्बर २ मा ८ वटै पद निर्विरोध निर्वाचित भएका छन् । केही उम्मेदवारले नाम फिर्ता लिएपछि अन्य प्रदेशमा पनि कतिपय सिट निर्विरोध भएको हो ।

प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर २ मा ८ जना, प्रदेश नम्बर ४ मा १ जना, प्रदेश नम्बर ५ मा ३ जना र प्रदेश नम्बर ७ मा ६ जना निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर ३ र ६ को ८ वटै पदका लागि निर्वाचन हुने भएको छ । अन्य प्रदेशको हकमा भने निर्विरोध भएर बाँकी रहेको सिटमा मात्रै निर्वाचन हुने हो । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते तोकिएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा ३ जनाभने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...