राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने



हाम्रो इकोनोमि

माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा १ नं प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको बैठकले आचारसंहिता पालना नगर्नेमाथि कडा कारबाही गरिनेलगायत निर्णय गरेको छ ।

सो बैठकमा आचारसंहिता विपरीत झण्डा, बोर्ड, तुल र तोरण राख्न नपाइनुका साथै गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कायम रहेको राजनीतिक दलका ‘फोकल पर्सन’ लाई राष्ट्रियसभाको निर्वाचनमा कायम राख्ने निर्णय गरिएको छ । यदि फेर्नुपर्ने भएमा सो दललाई भोलि मंगलबारसम्म आधिकारिक रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

यसका साथै, एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीको सम्बन्धमा मतदातालाई एकत्रित गरी पुनः प्रशिक्षण दिने निर्णय गरिएको छ ।

एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणालीबाट एकै पटक मतदान गर्नुपर्ने भएकाले मतदाताले एकल संक्रमणीय प्रणालीतर्फ १÷२÷३ लेखेर प्राथमिकता जनाएर मतदान गर्ने र आरक्षित कोटाअन्तर्गत दलित तथा अल्पसंख्यक अपांग कोटामा ठीक चिह्न लगाउनुपर्ने निर्णय गरिएको छ ।

१ नं प्रदेशको १४ वटै जिल्लाबाट आउने मतदाता विराटनगरको वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा मतदान गर्दा स्थानीय तहको प्रमुख, उपप्रमुख एउटा मतदान केन्द्रमा र प्रदेशसभा सदस्यले अर्को मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका साथै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राजपालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...