राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने



हाम्रो इकोनोमि

माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा १ नं प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको बैठकले आचारसंहिता पालना नगर्नेमाथि कडा कारबाही गरिनेलगायत निर्णय गरेको छ ।

सो बैठकमा आचारसंहिता विपरीत झण्डा, बोर्ड, तुल र तोरण राख्न नपाइनुका साथै गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कायम रहेको राजनीतिक दलका ‘फोकल पर्सन’ लाई राष्ट्रियसभाको निर्वाचनमा कायम राख्ने निर्णय गरिएको छ । यदि फेर्नुपर्ने भएमा सो दललाई भोलि मंगलबारसम्म आधिकारिक रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

यसका साथै, एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीको सम्बन्धमा मतदातालाई एकत्रित गरी पुनः प्रशिक्षण दिने निर्णय गरिएको छ ।

एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणालीबाट एकै पटक मतदान गर्नुपर्ने भएकाले मतदाताले एकल संक्रमणीय प्रणालीतर्फ १÷२÷३ लेखेर प्राथमिकता जनाएर मतदान गर्ने र आरक्षित कोटाअन्तर्गत दलित तथा अल्पसंख्यक अपांग कोटामा ठीक चिह्न लगाउनुपर्ने निर्णय गरिएको छ ।

१ नं प्रदेशको १४ वटै जिल्लाबाट आउने मतदाता विराटनगरको वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा मतदान गर्दा स्थानीय तहको प्रमुख, उपप्रमुख एउटा मतदान केन्द्रमा र प्रदेशसभा सदस्यले अर्को मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका साथै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राजपालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...