एमालेले माओबादीलाई यसरी लग्यो पेल्दै,प्रचण्डलाई एकताको घेरा बाहिर राख्ने यस्तो छ तयारी



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेका एमाले र माओवादी केन्द्र प्रदेशसभा सरकार गठन तयारीसम्म आइपुग्दा पदको बाँडफाँट अनुपात ७० र ३० मा पुगेका छन्।

६० र ४० को हैसियतमा पार्टी एकता हुने बहस चलिरहेकै समयमा माओवादी केन्द्रले प्रदेश सरकार गठनमा न्यूनतम ३० प्रतिशत हैसियत पाएको छ। यसअघि राष्ट्रियसभा उम्मेदवार छनोटमा त्यसैअनुपातमा भागबण्डा गरिएको थियो । राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने ५६ मध्ये ४३ स्थानमा मात्रै उम्मेदवार बनाउने निर्णय गरेका दुवै दलले दुईतिहाइ र एकतिहाइ हुनेगरी सिट बाँडफाँट गरेका थिए।

सहमतिअनुसार एमाले नेतृत्वमा चार र माओवादी केन्द्रको नेतृत्वमा दुई प्रदेशमा सरकार गठन हुने भएको छ । सातमध्ये ६ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने अवस्थामा रहेको वाम गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादीबीच आइतबार प्रदेश नेतृत्व बाँडफाँट भएको हो।

वाम गठबन्धन कार्यदलको आइतबार अपराह्न एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री, सभामुख र उप सभामुखसहित प्रदेश सरकारको भागबण्डा गरेको हो। आइतबार भएको सहमति अनुसार प्रदेश सरकारमा एमाले र माओवादीले क्रमशः ७० र ३० प्रतिशत पद लिने सहमति छ।

६ वटा प्रदेशमा सरकार गठन तयारीमा रहेका एमाले र माओवादीले प्रदेश मन्त्रिपरिषद् ७ देखि ११ सदस्यीय बनाउने निर्णयसमेत छ। संविधानले प्रदेशसभा कुल सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ।

सहमति अनुसार एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री र माओवादी केन्द्रले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाउने छन्। १ र ३ नम्बर प्रदेशसभामा एमालेको एकल बहुमत छ । त्यसैगरी एमालेले चारवटा प्रदेशको समाभुख र माओवादी केन्द्रले दुईवटा प्रदेशको सभामुख पाउने सहमति छ । एमालेले १, ३, ६ र ७ प्रदेशमा सभामुख प्राप्त गर्ने छ । माओवादीले केन्द्रले ४ र ५ प्रदेशमा सभामुख पाउने छ । यसैगरी माओवादी केन्द्रले प्रदेश १, ३, ६ र ७ मा उपसभामुख र एमालेले ४ र ५ प्रदेशमा उपसभामुख लिने सहमति दुई दलले गरेका छन्। यो बाँडफाँट ६०/ ४० को पुरानो भागवण्डाभन्दा १० प्रतिशतले कम हो।

पद बाँडफाँट कार्यदलमा रहेका एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले प्रदेश सरकारमा ३० देखि ४० प्रतिशतसम्म स्थान पाउने बताए । ‘अबका सबै बाँडफाँट चुनावमा प्राप्त जनमतका आधारमा जानेछन् । पद र सिट बाँडफाँट त्यसैअनुसार गर्दै आएका छौं,’ पाण्डेले भने, ‘माओवादीसँगको बाँडफाँट ४० प्रतिशतभन्दा माथि जाँदैन र ३० प्रतिशतभन्दा तल घट्दैन।’

प्रतिनिधिसभा चुनावमा वामपन्थी गठबन्धनले प्रत्यक्ष र समानुपातिकमा गरेर १ सय ७४ सिट जितेको छ। जसमा एमालेको १ सय २१ र माओवादी केन्द्रको ५३ सिट छ। जुन ७० र ३० को अनुपात हो।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित