वैदेशिक रोजगारीबाट फर्किएर बाँझो जमिन फाँडेर तरकारी खेती



हाम्रो इकोनोमि

वैदेशिक रोजगारीबाट फर्किएका याङ्वरक–६ नागीका युवाले जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् ।

नागीका जगत राई, वीरेन्द्र काफ्ले, प्रेम सिग्देल र नवराज उप्रेतीले खेर गएको बाँझो १२० रोपनी जमिन दुई वर्ष भाडामा लिएर तरकारी खेती थालेका हुन् ।

माग बढ्दै गएपछि तथा पर्याप्त आम्दानी हुने देखेपछि तरकारी खेती गर्न थालेको प्रेम सिग्देलले बताउनुभयो । कुम्भकर्ण कृषक समूह नागीको स्वामित्वमा १० वर्ष बाँझै रहेको सो जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँले बताउनुभयो ।

खेतीका लागि सिँचाइ र यातायातको पहुँच भएको सो जग्गामा व्यावसायिक तरकारी खेती गरेर आफ्नै खेर गएको जमिनमा केही गरेमा विदेश गएको भन्दा मनग्य आम्दानी गर्न सकिने सन्देशसमेत दिने उद्देश्यले सामूहिक खेतीको शुरुवात् गरिएको नवराज उप्रेतीले बताउनुभयो । रु १० लाखको लागतमा शुरु गरिएको सो सामूहिक तरकारी खेती सम्भवतः जिल्लाकै पहिलो नमूना समेत हो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...