माओबादीका बादललाई जिताऊन एमालेका बेदुरामलाई ब्याक गराउन ओली र प्रचण्डले खेले यस्तो खेल



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रले राष्ट्रिय सभामा प्रदेश–३ का उम्मेदवार बेदुराम भूषालको उम्मेदवारी फिर्ता गराउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित आज विहान बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले भूषालको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो।

वामगठबन्धनको तर्फबाट भूषाल प्रदेश–३ मा खुल्ला तर्फबाट तेस्रो नम्बरका उम्मेदवार छन्। उनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका राधेश्याम अधिकारी प्रतिस्पर्धामा छन्। पहिलो नम्बरमा माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ छन् भने दोस्रो नम्बरमा एमालेका बलराम बाँस्कोटा छन्। जित्ने यकिन नभएको तेस्रो नम्बरमा भूषाल उम्मेदवार बनाइएका थिए।

प्रदेश–३ मा सीमित मत भएका नयाँशक्ति, विवेकशील साझा र राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गरेका छन्। नेपाल मजदुर किसान पार्टीले पनि कांग्रेसलाई नै समर्थन गर्ने सम्भावना छ। यो स्थितिमा तेस्रो नम्बरको उम्मेदवार भएपनि कांग्रेसका अधिकारी बलियो स्थितिमा छन्। बादल पहिलो प्राथमिकता नम्बरमा भए पनि मत बाँडियो भने उनले हार्ने स्थिति सिर्जना हुनसक्छ।

एमाले–माओवादी केन्द्रले बादललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारका रुपमा अघि सार्ने पक्कापक्की छ। पार्टी एकतालाई विना समस्या अघि बढाउनपनि बादलको जितलाई सुनिश्चित गर्नुपर्ने निचोडमा एमाले–माओवादी केन्द्रका नेताहरु छन्। भूषालको उम्मेदवारी फिर्ता भएमा वामगठबन्धनको मत नबाँडिने स्थिति सिर्जना हुन्छ।

यही विश्लेषणका साथ एमाले–माओवादी केन्द्र भूषालको उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन्। ‘तेस्रो नम्बरमा रहेका भूषालले जित्ने स्थिति देखिएन, उहाँको उम्मेदवारी कायम रहँदा मत बाँकी दुई उम्मेदवाररले जित्ने सिटपनि गुम्ने हो कि भन्ने देखियो’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैले भूषालको उम्मेदवारीलाई फिर्ता लिने निर्णय आजको बैठकले गरेको छ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...