ज्ञान बाँडेझैँ पैसा बाँड्नु पर्ने भन्दै ओलीले भने- छिमेकीसँग नयाँ मान्यताका अाधारमा सुमधुर सम्बन्ध राख्छु



हाम्रो इकोनोमि

नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशसँग नयाँ मान्यताका आधारमा सुमधुर सम्बन्ध राखेर अघि बढ्न चाहेको बताएका छन्।
‘हामी हिजोको जस्तो नभई आज विकसित मान्यताका आधारमा छिमेकी देशहरूसँग समधुर सम्बन्ध राख्न चाहन्छौं’, उनले भने, ‘हिजो ठूला र बलियाले सानामाथि आफ्नो प्रभुत्व कायम राख्थे। आज त्यो समय होइन।’

नयाँ मान्यता के के हुन् भन्ने उनले खुलाएनन्।
नेपाल चेम्बर अफ कमर्शको ६७ औं साधारण सभाबाट निर्वाचित समितिलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

आफूहरु राष्ट्र निर्माणको अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विकासका काममा अब धैर्य, प्रतीक्षा र प्रयोग गर्न समय नभएकाे जनाए। ‘हामी पछि पर्नुमा भौगोलिक र प्राकृतिक कारण छैन’, उनले भने, ‘आफ्ना र दुनियाँका विकासका गतिलाई हेरेर अब समृद्धिको यात्रा सुरु गर्छौं।’

निजीकरणले नेपालका उद्योग सिध्याउने काम गरेको उनको भनाइ थियो। ‘प्राइभेटाइजेशनले नेपालमा उद्योग सिध्याउने मात्र काम गरे। निजी क्षेत्रलाई सहजीकरण गर्न र अनुकूल वातावरण निर्माण गर्न हामी तयार छौं’, उनले भने, ‘पैसा जब चल्छ त्यसले बल्ल फुल पार्ने चल्ला पार्ने काम गर्छ। हाम्रो नीतिशास्त्रले विद्या जति बाँड्यो त्यति बढ्छ भन्छ, पैसा पनि त्यस्तै हो।’

संविधानको गलत व्याख्या गरेर अल्झाउने प्रयास भएको उनले सुनाए। ‘अग्रगमनलाई रोक्ने काम राणहरुले गर्थे, राजाहरुले गर्थे तर देश त अघि बढी छाड्यो। जनताको अभिमतलाई अलिअलि खल्बल्याउन सकिएला तर पूरे उल्टो दिशामा फर्काउन सकिँदैन’, अध्यक्ष ओलीले भने।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...