ओली र दाहाललाई साक्षी राख्दै सिंहदरबारमा कार्यदलले यसरी गर्दैछ केन्द्रीय सरकारका मन्त्रीको बाँडफाँट



हाम्रो इकोनोमि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सिंहदरवारमा दुवै दलका नेता सम्मिलित कार्यदल बैठक बसरिहेको छ।

बैठकमा केन्द्रीय सरकार गठनका लागि पद बाँडफाँट गर्ने अपेक्षा गरिएको छ।
दुवै दलका नेता सम्मिलित कार्यदलले हिजो प्रदेश सरकार प्रमुख ६०/४० तथा प्रदेश मन्त्रीमा ७०/३० भागबण्डा गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारका भाबण्डा सकिएकाले दुवै पार्टी केन्द्रका पदका लागि सहमति जुटाउन प्रयासरत छन्।

हिजो सिंहदरबारमा बसेको कार्यदलको बैठकले प्रादेशिक मन्त्रीपरिषद् सिट संख्यामा अनुपातमा कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै, एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यममन्त्री पाउने सममति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

यता, प्रदेश सभामुख पदको पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ५ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४ र ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
त्यस्तै, उपसभामुखमा४ र ५ प्रदेशमा एमाले, ६ र ७ प्रदेशको उपसभामुख पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ । भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...