ओली र दाहाललाई साक्षी राख्दै सिंहदरबारमा कार्यदलले यसरी गर्दैछ केन्द्रीय सरकारका मन्त्रीको बाँडफाँट



हाम्रो इकोनोमि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सिंहदरवारमा दुवै दलका नेता सम्मिलित कार्यदल बैठक बसरिहेको छ।

बैठकमा केन्द्रीय सरकार गठनका लागि पद बाँडफाँट गर्ने अपेक्षा गरिएको छ।
दुवै दलका नेता सम्मिलित कार्यदलले हिजो प्रदेश सरकार प्रमुख ६०/४० तथा प्रदेश मन्त्रीमा ७०/३० भागबण्डा गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारका भाबण्डा सकिएकाले दुवै पार्टी केन्द्रका पदका लागि सहमति जुटाउन प्रयासरत छन्।

हिजो सिंहदरबारमा बसेको कार्यदलको बैठकले प्रादेशिक मन्त्रीपरिषद् सिट संख्यामा अनुपातमा कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै, एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यममन्त्री पाउने सममति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

यता, प्रदेश सभामुख पदको पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ५ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४ र ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
त्यस्तै, उपसभामुखमा४ र ५ प्रदेशमा एमाले, ६ र ७ प्रदेशको उपसभामुख पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ । भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...