प्रदेश २ को राष्ट्रियसभाका सबै सांसद निर्विरोध
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो ।
तर, खुला समूहको तीन दलका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
मोहम्मद अख्तर हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेदवारी फिर्ता लिएको अनलाइनखबरसँग बताए ।
महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए ।