ओली र प्रचण्डको गोप्य भनिएको निर्णायक बैठक सकियो,यस्तो भयो गम्भीर सहमति



हाम्रो इकोनोमि

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको निर्णायक भनिएको छलफल सकियो।
आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।

आजको अध्यक्षद्वयबीचको छलफल निकै सकारात्मक भएका बताइएको छ । धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने सहमति भएको छलफलपछि एक नेताले जानकारी दिए ।

शुक्रबार साँझ ओली निवास बालकोटमा भएको गोप्य वार्तामा छ वटा प्रदेशको मुख्यमन्त्रीमा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ । प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको उच्च स्रोतले बताएको छ ।

आज कुन–कुन विषयमा सहमति भयो भन्ने कुरा नखुलाइए पनि यसअधिका बार्तामा सबै विषयमा समझदारी भइसकेको र त्यसलाई दुबै पार्टीमा आन्तरिक छलफल गर्ने तयारी रहेको बताइएको छ ।

दबै पार्टीमा आन्तरिक छलफल पछि संयुक्त कार्यदलमा समझदारी भएका विषयलाई विस्तृत कार्ययोजना सहित खाका तयार पार्ने र पार्टी एकता संयोजन समितिबाट अन्तिम निर्णय गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...