ओली र प्रचण्डको गोप्य भनिएको निर्णायक बैठक सकियो,यस्तो भयो गम्भीर सहमति



एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको निर्णायक भनिएको छलफल सकियो।
आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।

आजको अध्यक्षद्वयबीचको छलफल निकै सकारात्मक भएका बताइएको छ । धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने सहमति भएको छलफलपछि एक नेताले जानकारी दिए ।

शुक्रबार साँझ ओली निवास बालकोटमा भएको गोप्य वार्तामा छ वटा प्रदेशको मुख्यमन्त्रीमा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ । प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको उच्च स्रोतले बताएको छ ।

आज कुन–कुन विषयमा सहमति भयो भन्ने कुरा नखुलाइए पनि यसअधिका बार्तामा सबै विषयमा समझदारी भइसकेको र त्यसलाई दुबै पार्टीमा आन्तरिक छलफल गर्ने तयारी रहेको बताइएको छ ।

दबै पार्टीमा आन्तरिक छलफल पछि संयुक्त कार्यदलमा समझदारी भएका विषयलाई विस्तृत कार्ययोजना सहित खाका तयार पार्ने र पार्टी एकता संयोजन समितिबाट अन्तिम निर्णय गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित