नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३५ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से १.४२ अंकले बढेर १४०५.९५ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १५८ कम्पनीका ८ लाख ५१ हजार ३ सय ३५ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ४७ लाख २१ हजार ७ सय ४८ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये विकास बैंक र बैंकिंग समूह बाहेकका सबै सूचक घटेका छन् ।

आज सानिमा माइ हाइड्रोको सर्बाधिक २ करोड ६८ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, हिमालयन पावर पार्टनर, एनएमबि बैंक लगायत रहेका छन् ।

आज एनएमबि बैंकका लगानीकर्ताले सर्बाधिक ३.५८ प्रतिशत कमाएका छन् । बैंकले आज मात्र दोस्रो त्रैमासको उत्कृष्ट वित्तीय विवरण सार्बजनिक गरेको थियो । अन्य बढी कमाउनेमा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, लक्ष्मी बैंक, नेको इन्स्योरेन्स, निर्धन उत्थान बैंक लगायत रहेका छन् ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६.२ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा बिशाल बजार कम्पनी, मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...