निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्यामा न्यून वृद्धि



चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको छ महिनामा गत आवको छ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो ।

निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क मुलुकका सात हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार १२३ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको सोही अवधिमा ६३ हजार ८०५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आवको छ महिनामा भन्दा चालू आवको सोही अवधिमा तीन हजार ३१८ पर्यटक वृद्धि भएको हो

चालु आवमा विदेशी ८७ हजार १९०, सार्कका १५ हजार ८७९ र नेपाली ३६ हजार ५६ गरी एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज घुमेको तथ्यांकले देखाएको छ ।

आव २०७२/७३ मा भने ५१ हजार ५९३ विदेशी, छ हजार ६०६ सार्क र ३० हजार ५९२ नेपाली गरी ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेको कार्यालयले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बाढीका कारण आशातीत पर्यटक निकुञ्ज नभित्रिएको बताउनुभयो । उहाँले गतवर्षको भदौमा मात्रै निकुञ्जमा छ हजार २३ पर्यटक भित्रिए पनि यसवर्षको भदौमा तीन हजार ८५९ पर्यटकमात्रै भित्रिएको बताउनुभयो । यस वर्षको साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आउँदा पर्यटकीय क्षेत्र सौराहाका अधिकांश होटल डुबानमा परेका थिए भने राप्ती किनारका रेष्टुरेन्ट बगाएका थिए ।

निकुञ्जमा चालू आवमा एक लाख ५० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको अर्यालले बताउनुभयो । सशस्त्र द्वन्द्वका बेलामा निकै घटेको पर्यटकको संख्या क्रमशः उकालो लाग्दै जाँदा २०७२ सालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण निकै प्रभावित भएको क्षेत्रीय होटल संघ जिल्ला अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका कारण यातायात असहज हुँदा पनि पर्यटन क्षेत्र प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

बाढीको समयमा तत्काल आउने पर्यटक घटे पनि त्यसपछि आउने पर्यटकलाई भने कुनै प्रभाव नपरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

चितवनको पर्यटकीय क्षेत्र घुम्न आएर पनि निकुञ्ज प्रवेश नगर्ने पर्यटकको संख्या पनि उल्लेख्य हुने गर्छ । घिमिरेका अनुसार करिब ३० प्रतिशत पर्यटक सौराहा क्षेत्रमा आएर पनि निकुञ्जभित्र प्रवेश गरेका हुँदैनन् । दैनिक भ्रमण आउने विद्यार्थी, गोष्ठी, सेमिनारलगायत कार्यक्रममा आउने आन्तरिक पर्यटक निकुञ्ज प्रवेश नगर्ने गरेको पाइन्छ । जिल्ला हुँदै आवतजावत गर्ने व्यक्ति पनि एकरातका लागि सौराहा बस्ने गरे पनि उनीहरुले निकुञ्ज प्रवेशको कुनै पनि टिकट नकाट्ने हुँदा निकुञ्जको तथ्यांकमा समावेश हुँदैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने