देउवा संग ओली र प्रचण्डको कुरा मिल्यो,तीन भाई मिलेर बामदेव,नारायणकाजी र आरजुलाई बोक्ने यस्तो भयो सहमती



हाम्रो इकोनोमि

अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग निश्चित जस्तै भएको छ । यद्यपी एमाले र माओवादीले यस विषयमा औपचारिका रुपमा टुङ्गो लगाएका छैनन् ।

तर दुई दलबिच नै एकता भएर वा नभएपनि , जुनसुकै अवस्थामा पनि सरकार बनाउने सहमति भइसकेको छ । ओली नेतृत्वको सरकारमा माओवादीले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीको रुपमा पठाउने तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनावमा पराजित श्रेष्ठ मन्त्री बन्न योग्य त छैनन्, तर उनलाई राष्ट्रियसभामा मनोनित गरेर सासंद बनाउने र सरकारमा पठाउने विषयमा छलफल भएको हो ।
दुई दलबिच एकताका लागि सुत्रधार मानिएका श्रेष्ठलाई मनोनित सासंद बनाएर सरकारमा सहभागि गराउने विषयमा ओली पनि सकारात्मक रहेको बताईएको छ ।

एमालेका नेता बामदेव गौतमलाई पनि राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल भएको छ । गौतम पनि प्रतिनिधिसमा चुनावमा पराजित भएका थिए ।
तर पार्टी एकता प्रक्रियामा महत्वपूर्ण योगदान भएकाले मनोनित गरेर भए पनि राष्ट्रियसभा लैजान लागिएको हो ।

तर श्रेष्ठ र गौतम दुवैले खुलेर स्विकार गरेका छैनन् । तर नेता कार्यकर्ताले दुवै नेतालाई मनोनित गर्नुपर्ने दबाब दिइरहेका छन् ।गौतम र श्रेष्ठका साथै कांग्रेसबाट आरजु राणालाई मनोनित गर्ने रणनीतिमा कांग्रेस सभापति देउवा छन् । देउवाले नै सुरुमा राणा, श्रेष्ठ गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेको बताइएको छ ।५९ सदस्ययी राष्ट्रियसभामा एकजनासहित तीन जना सरकारले मनोनित गर्नुपर्ने हुन्छ । यसका लागी ओली दाहाल र देउवा बीच सहमति बनेको श्रोतको भनाइ छ

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...