भारतीय राजदूत संग राष्ट्रपति भण्डारी र भाबी प्रधानमन्त्री ओलीको यस्तो दोस्ती



हाम्रो इकोनोमि

७० औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासले १२ माघ (२६ जनवरी) मा लैनचौरस्थित राजदूतावासमा आयोजना गरेको दिवाभोजमा नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली भोलिपल्टै दूतावासद्वारा नै आयोजित सांगितिक कार्यक्रममा भने सहभागी भएका छन्। दूतावासले आयोजना गरेको कार्यक्रममा भावी प्रधानमन्त्री ओलीमात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी छन्।

शुक्रबार लैनचौरस्थित राजदूतावासमा आयोजित दिवाभोजमा ओली सहभागी भएनन्। स्पष्ट छ, आफू दूतावासले आयोजना गरेका कार्यक्रममा सहभागी नहुने सन्देश दिन उनी त्यो दिवाभोजमा सहभागी नभएका हुन्। कार्यक्रममा एमालेको तर्फबाट पार्टी सचिव प्रदीप ज्ञवाली सहभागी थिए। अध्यक्ष ओली सामुदायिक रेडियो प्रशारक संघ (अकोर्‍याब) ले आयोजना गरेको १३ औं साधारण सभाको उद्घाटनका लागि पोखरा पुगेका थिए।

राजदूतावासको दिवाभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधबकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय विजय गच्छदार र गोपालमान श्रेष्ठ लगायत सहभागी थिए। दूतावासले आयोजना दिवाभोजमा सहभागी नभएकोमा सामाजिक सञ्जालमा ओलीको प्रसंशा र सहभागी नेताहरुको आलोचना भएको थियो।

तर, भारतीय राजदूत पुरीले भोलिपल्ट जङ्गी अड्डामा आयोजित कार्यक्रममा ओलीलाई मात्र होइन, राष्ट्रपति भण्डारीलाई समेत सहभागी गराईछाडे। दूतावास अन्तर्गतको सांस्कृतिक केन्द्रवारा आयोजित प्रेस विज्ञप्तीमा जनाइए अनुसार ‘बलिउड फ्युजन ब्याण्ड’ नाम दिइएको सो सांगितिक कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति भण्डारी थिइन् भने ओली विशिष्ठ अतिथिका रुपमा सहभागी थिए। उनीहरु कार्यक्रम अवधिभर रहे।
सो कार्यक्रममा चर्चित भारतीय संगितकार ऋषि दत्तको प्रस्तुति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...