ओली र प्रचण्ड मिल्नै लाग्दा पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ साताव्यापी कार्यक्रम



हाम्रो इकोनोमि

पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने भारतको उडिसा जाने भएका छन् । पूर्व राजा शाह आउँदो फेब्रुअरी ५ (माघ २२ गते) भारतको उडिसा जाने बुझिएको छ ।

उनी त्यहाँ झण्डै एक हप्ता रहने छन् । पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीले मठको नेतृत्व लिएको २५ औँ वर्ष पुगेको अवसरमा विशेष अतिथिको रुपमा ज्ञानेन्द्रलाई निमन्त्रण गरिएको बुझिएको छ ।

आदि शंकराचार्यले पुरीमा स्थापना गरेको मठमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ पूर्व राजा ज्ञानेन्द्रले गौशाला उद्घाटन लगायतका कार्यक्रम गर्ने छन् ।

पुरी शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । हिन्दु धर्मा अन्तर्गतका विभिन्न गतिविधि सञ्चालनमा उनी र उनको टोलीको विशेष भूमिका रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...