मुख्यमन्त्री र सभामुख भागबण्डामा बाम गठबन्धन भित्र किचलो,आज यसरी हुदैछ छिनोफानो



हाम्रो इकोनोमि

वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । बैठकले ६ जना मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउने बताइएको छ ।

बैठक आइतबार दिउँसो तीन बजे एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने तयारी भइरहेको छ ।
कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । शुक्रवार साँझ ओली निवास बालकोटमा कार्यदलको ब्रिफिङ सुनेपछि गोप्य वार्ता गर्ने भन्दै ओली र प्रचण्ड बालकोटबाट अन्यत्रै गएका थिए ।

कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ ।

माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा प्रदेशसभामध्ये सबैभन्दा बढी ३३ प्रतिशत जितेकाले सो प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएको छ । तर एमालेले सो प्रदेशको प्रदेशसभामा एमाले एक्लै ५० प्रतिशत रहेकाले बहुमत भएको दलले मुख्यमन्त्री पाउनु ठीक हुने बताएको छ ।

प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत रहेकाले माओवादीले मुख्यमन्त्री दाबी गरेको छैन । त्यस्तै प्रदेश नम्बर ५ मा चुनावअघि नै एमालेका शंकर पोखरेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेकाले माओवादीको दावी छैन ।

प्रदेश नम्बर ४ मा एमालेका दुई बरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ प्रतिस्पर्धामा रहँदा मुख्यमन्त्री बन्ने सिनियर नेता माओवादीका नभएकाले पनि दावी गरेको छैन । प्रदेश ६ र ७ मा माओवादीको दाबी छ ।

वामपन्थी बहुमत रहेका ६ वटा प्रदेशमध्ये एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री पाउँदा ६०–४० को अवधारणाअनुसार हुने माओवादी नेताहरुको दावी छ । त्यसो हुँदा ३ प्रदेशको सभामुख लिन माओवादी राजी हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...