बाम गठबन्धन संग मधेशी दलले हार-गुहार मागे तुरुन्तै संबिधान संसोधन हुने बताउदै पोखरा पुगेर कांग्रेसलाई यसरी सरापे



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले संविधान संशोधन नै नचाहेको आरोप लगाएका छन्।
शुक्रबार पोखरामा सामुदायिक रेडियो प्रशारक संघको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले मधेसवादी दल वाम गठबन्धनसँग मिले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मत पुग्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संविधानमा रहेका कमजोरी किटान गरेर ल्याए तुरुन्तै संशोधन गर्न आफू तयार रहेको बताए। ‘संविधान अपरिवर्तनीय चिज होइन् यो परिवर्तन गर्न सकिन्छ’, उनले भने, ‘तर त्यो केका लागि भन्ने क्लियर हुनुपर्छ, जनताका हित र राष्ट्रिय हितका लागि हुनुपर्छ।’

अध्यक्ष ओलीले मधेसवादी दलले संविधान संशोधन भन्न पनि संशोधनको हल्ला मात्रै गर्न चाहिरहेको आरोप लगाए। ‘संविधानले मधेसको विकासमा, जनताकालाई अधिकार दिने सन्दर्भमा कहाँ कमजोरी ग¥यो किटेर आउनुहोस् तत्काल संशोधन गर्न तयार छु’, उनले भने।

आफूहरुले संविधान संशोधनको नभई सिंगो मधेसलाई छुट्टै प्रदेशका रुपमा सञ्चालन गर्ने गलत मनासयको विरोध गरेको उनको भनाइ थियो।अध्यक्ष ओलीले वर्तमान सरकारले जनताको म्यान्डेट विपरीत काम गरिरहेको आरोप समेत लगाए।

अध्यक्ष ओलीले वर्तमान सरकारले जनताको म्यान्डेट विपरीत काम गरिरहेको आरोप समेत लगाए। काम चलाउ सरकारले कर्मचारी सरुवा बढुवा, गर्ने राष्ट्रका लागि दीर्घकालीन असर पुग्ने खालका निर्णय गर्नु लोकतन्त्र र जनमत विपरीत भएको बताए।
सरकारले नयाँ संविधानको कार्यान्यनमा सघाउ पु¥याउनुको सट्टा कमजोरी खोजेर त्यसैका आधारमा गलत निर्णय गरेको बताए।कांग्रेकै कारण विकास निर्माण र भूकम्पपीडितको पुनःनिर्माणमा अवरोध पुगेको बताए। ‘पुनर्निमाणमा सिइओ हटाएर कार्यकर्ता भर्ती गरियो’, उनले भने, कार्यकर्ता कहिल्यै कार्यालयमा भेटिँदैनन्।’

उनले भूकम्प पीडिलाई पहिलो किस्ता दिन नपाउँदै फेरी अर्को एक लाख थप्ने कच्चा निर्णय गरेको आरोप लगाए।
एमाले टेलिफोन लिनका लागि खोलिएको पार्टी होइन, लाेकतन्त्रका लागि लड्दै अाएकाे हाे
अध्यक्ष ओलीले २०४७ पछि धेरै पार्टी टेलिफोन लिनका लागि खोलिएको बताए।

‘२०४६ पछि एउटा दललाई एउटा टेलिफोन दिने व्यवस्था थियो’, उनले भने, ‘धेरै दल टेलिफोन लिनका लागि नै खोलिए।’
अध्यक्ष ओलीले एमाले लोकतन्त्रका लागि निरन्तर रुपमा लड्दै आएको दल भएको दावी गरे। उनले कांग्रेसकै कारण लोकतन्त्र सकिने दिशामा पुगेको आरोप लगाए।

उनले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बेलामा अर्को प्रधानमन्त्री आउने बाटो नभएका कारण त्यसलाई परिवर्तन गराएको बताए। उनले भने , ‘मैले प्रधानमन्त्री छाड्ने बेलामा अर्को प्रधानमन्त्री आउने बाटो थिएन्। त्यसैले मैले बाटो बनाउन बाधा अड्काउ फुकाउन लगाए।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...