सूर्योदय लघुवित्तले पायो ७० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति



हाम्रो इकोनोमि

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत अर्थात एक बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८० लाख रुपैयाँ बराबरको दुई लाख ८० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

हाल सूर्योदय लघुवित्तको चुक्तापुँजी चार करोड रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी छ करोड ८० लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनका लागि संस्थाले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...