राज्यलाई भार थप्दै देउवाले अर्को उपद्रो मच्चाए,गोप्य निर्णयका नाममा प्रहरीमा डिआइजीको चार दरबन्दी थप



हाम्रो इकोनोमि

सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी)को दरबन्दी थप गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा चार डिआइजीको दरबन्दी थप गरेको हो ।

दरबन्दी थपपछि प्रहरीमा डिआइजीको संख्या अब ३८ पुगेको छ । गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा प्रहरीमा डिआइजीको दरबन्दी थप गर्ने निर्णय गरिएको हो ।

गृह स्रोतका अनुसार नेपाल प्रहरीको प्रधान कार्यालयबाट नौ डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव गरिएको थियो । त्यसमध्ये बुधबारको मन्त्रिपरिषद् बैठकले चारवटा मात्रै डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

बुधबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि सार्वजनिक भने गरिएको छैन । विवाद हुनसक्ने देखिएपछि निर्णय सार्वजनिक नगरिएको गृह स्रोतले जानकारी दियो ।

नेपाल प्रहरीमा अहिले प्रहरी महानिरीक्षक (आइजिपी) एक, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) १२, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ७६, प्रहरी उपरीक्षक (एसपी) १ सय ५७, प्रहरी नायव उपरीक्षक (डिएसपी) ४ सय १८ र प्रहरी निरीक्षक १ हजार ३ सय ५४ छन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...