कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान्य नहुने



हाम्रो इकोनोमि

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताउनुभयो ।

कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान्य नहुने चेतावनी दिंदै उपाध्यक्ष रावलले सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडितको राहतसम्बन्धी निर्णय देश कङ्गाल बनाउने कदम भएको टिप्पणी गर्नुभयो ।

“काम चलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यस्ता निर्णय गर्ने अधिकार छैन।” उहाँले भन्नुभयो, “सरकारमा रहिरहन जालझेल र अनेकौ तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कङ्गाल बनाउने गरी आर्थिक संकटमा फसाउने र सञ्चित रकम सिध्याउने लगायतका क्रियाकलाप गर्न मिल्दैन ।”

प्रधानमन्त्री देउवाले प्रदेशको राजधानी तोक्ने सवालमा, नागरिकमा भ्रम सिर्जना गरेको आरोप लागाउँदै उपाध्यक्ष रावलले सरकारले गठन गरेको विज्ञ टोलीबाट तयार पारिएको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्नु उचित थिएन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...