ओली प्रधानमन्त्री बने लगत्तै पूर्व राजा भारत जाने,ओली सरकारमा जान यी दल भए सहमत



बाहिरी रुपमा प्रधानमन्त्री बन्ने देखिए पनि आन्तरिक रुपमा भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बल्ल बिहिबार मात्र पक्का भएको छ ।

नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा ओलीले दक्षिणबाट बलियो ग्रिन सिग्नल खोजेका थिए ।
त्यो सिग्नल प्राप्त भएपछि ओली कम्पनी ढुक्क भएको छ । ओलीले आफ्ना एजेन्ट यसअघि भारत पठाएका थिए ।

त्यसबाट ओलीलाई पूर्ण रुपले समर्थन गर्न भारत तयार भएको छ । ओली पनि यसअघि बैंकक गएका थिए ।
ओलीले तत्काल सरकार चलाउन नभइ पाँच वर्षका लागि कम्युनिष्ट सरकार चलाउनका लागि समर्थन जुटाएका हुन् ।

समर्थन पाएसंगै ओलीले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जथाभावी निर्णय गरे सबै आफ्नो सरकारले उल्टाइदिने बताए ।
भारतबाट समर्थन भएकैले नेपालका लागि भारतीय राजदूत मंजीब सिंह पुरीले बिहिबार राजधानीमा अबको सरकारलाई पूर्ण सहयोग गर्ने बचन दिए ।

ओलीले बिहिबार हतार हतार गरेर पत्रकार सम्मेलन गर्नुपर्ने कुनै आवश्यकता थिएन ।
दक्षिणको चाहना अनुसार नै पत्रकार सम्मेलन गरी समग्र जनतालाई सन्देश दिइएको हो ।

एमालेले पत्रकार सम्मेलन गरेर दिएको जानकारी बुधबार सरकारले वृद्धभत्ता दिने उमेर घटाएको बाहेक अरु पुरानै भनेका चिज हुन् । एमाले सरकारले ०५१ सालमा सुरु गरेको वृद्ध भत्ताको चलनमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको हो । उसलाई काँग्रेस सरकारले त्यो प्रसिद्धिबाट आफूले फाइदा लिने चिन्ता ओलीलाई लागेको हो ।

जे होस् अब ढुक्कसंग ओली प्रधानमन्त्री हुने भएका छन् ।
यद्यपि सरकार भने कम्युनिष्टको मात्र नबन्ने भएको छ । चीनको चाहना र भारतको चाहनामा केही समानता देखिएपछि सरकारमा अरु दल पनि समावेश हुने भएका हुन् ।

को को समेटिन्छन् ओली नेतृत्वको सरकारमा ?
केपी ओली नेतृत्वको सरकारमा मधेश केन्द्रीत दुई दलहरु समेटिँदै छन् । बाम गठबन्धनका एमाले र माओवादी केन्द्रसंगै भारतको चाहनाका संघीय समाजवादी फोरम र राजपा नेपाल सरकारमा जानेछन् ।

दुवै पार्टीका केही नेताले यसको छनक दिइसकेका छन् । भारत पनि त्यही चाहन्थ्यो । त्यही नै हुँदैछ ।

भारतको चाहनाको राजसंस्था र हिन्दूराज्यको मुद्दामा पनि सहमति नजिक पुगेको जनाइन्छ ।

यो प्रसंग ओलीले चाहेर मात्र नहुने भएकाले प्रयास गरेर केही समयपछि समाधान गर्नेमा आश्वस्त बनाएको उच्च स्रोतले बताएको छ । स्रोत भन्छ ‘यसका लागि छिट्टै पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदैछन् ।’

नेपाली कांग्रेस भने यसबाट निकै टाढा छ । काँग्रेसलाई भारतले अहिले वास्ता पनि गरेको छैन ।
स्रोत भन्छ, ‘बिमलेन्द्र निधिले सम्बन्ध केही बिगारेकाले त्यसलाई मिलाउन केही समय लाग्नेछ ।’

हुनत काँग्रेसस चुनावमा नराम्रोसंग पराजित भएपछि भारतले खासै इच्छा पनि देखाएको छैन ।
स्रोतका अनुहार एमाले र माओवादी केन्द्रबीचको एकता भने सरकार निर्माण भन्दा अगाडि नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित