ओलीले भित्र-भित्रै भारत संग यसरी गर्दैछन दोस्ती,आफ्ना दूतलाई भारत पठाएर भारतीय दुताबासको दिवाभोज छल्दै किन जादैछन ओली पोखरा?



नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतलाई रिझाउन खोजिरहेको खुलासा भएको छ । एक उच्च स्रोतका अनुसार ओलीले आफ्ना दुत भारत पठाएका छन् ।

ओली बैंकक उपचारका लागि जानुअघि नै एजेन्ट खटाएका थिए । तर त्यो एजेन्टबाट नभइ ओली प्रत्यक्ष हुनुपर्ने भएपछि ओली उपचार गर्ने समय मिलाएर बैंकक पुगेका थिए । बैंककमा पनि पूरा कुरा नटुंगिएकाले ओलीले फेरि एजेन्ट भारत पठाएका हुन् । ओली पक्का प्रधानमन्त्री हुँदैछन् । बाम गठबन्धनको साथले नै प्रधानमन्त्री बन्न पुग्छ । तर उनले कुरो बुझे कि बीचकै जुनसुकै बेला गठबन्धन टुट्न सक्छ ।

तसर्थ ढुक्कले सरकार संचालनका लागि उनले भारतबाट गाढा हरियो झण्डा खोजेका छन् । हुनत प्रतिनिधिसभाको चुनावपछि ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक टेलिफोन गरेर शुभकामना तथा बधाइ दिइसकेका छन् ।
यो विषय मिलाएर सत्ताको बिंडो थाम्नका लागि दिल्ली दरबारलाई रिझाउन चाहन्छन् । ओलीले आफू पक्का पाँच वर्षको प्रधानमन्त्री बन्नका लागि कतैबाट अवरोध नआओस् भन्ने चाहन्छन् ।
ओलीले चीनबाट स्वीकृति लिइसकेको स्रोत बताउँछ । अब भारतबाट लिन बाँकी छ । चीनकै सल्लाहमा ओलीले भारतलाई रिझाउन खोजिरहेका छन् ।

ओलीले भारतकै रायमा मधेस केन्द्रीत दलहरु संघीय समाजवादी फोरम र राजपा नेपाललाई सरकारमा समेट्न खोजिरहेका छन् । भारतले यसलाई सकारात्मक लिए पनि त्यतिमात्र उसको स्वार्थ हैन भन्ने ओलीले बुझेका छन् ।
भारतको अर्को मुख्य इच्छा नेपाललाई हिन्दू राज्य बनाउनु हो । मोदी पुनः नेपाल विश्वकै एकमात्र हिन्दू राज्य भएको देख्न चाहन्छन् । ओली यो मुद्दालाई अगाडि बढाउन तयार भएको देखिन्छ । त्यसैगरी राजसंस्थाको मुद्दा पनि गम्भीर भएर अगाडि बढिरहेको छ ।

राजसंस्थालाई विशेष स्थान दिन ओली तयार भएको बुझिन्छ । ओली तयार भए पनि प्रक्रिया जटिल भएकाले अलमल बढेको छ । ओलीले गरेको अलमलका कारण भारतले वेट एण्ड वाच अथात् पर्ख र हेरको रणनीति बनाएको स्रोत बताउँछ । ओली भारत फकाउन तल्लीन रहेको बुझिन्छ ।
पार्टी एकताले पनि उनलाई केही असहज बनाएको छ । ओलीले बैंककमा पूर्व युवराज्ञी हिमानी शाहसंगको भेटका बारेमासमेत पार्टीको बैठकमा उल्टो सन्देश दिएका थिए । अन्जानमा भेट भएको बताएर कुरो गोप्य राख्न खोजेको देखिए पनि उनको त्यो कलाप्रति धेरै नजिक भइसकेको बुझ्न सकिन्छ ।

यता भारतीय दुताबासको कार्यक्रम छल्न ओली पोखरा पुग्ने भएका छन। भारतको बिरोध गरे झैँ गरी राष्ट्रबादी दरिएका ओली भारतको भक्त नरहेको देखाउन पोखरा जाने भएका हुन्।
छिमेकी मुलुक भारतले आज ६९ औँ गणतन्त्र दिवस मनाउँदैछ । नेपालस्थित भारतीय राजदुतावासमा गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालका विभिन्न संघसंस्थालाई दुतावासले दिवसका अवसरमा सहयोग प्रदान गर्ने परम्परा छ । सोही अनुसार आज पनि दुतावासले विभिन्न सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको दुतावास स्रोतले जनाएको छ ।

दिवसकै अवसरमा नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरीले दिवा भोजको आयोजना गरेका छन् । आज दिउँसोका लागि आयोजित दिवा भोजमा दुतावासले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत दलका शीर्ष नेताहरुलाई निम्तो दिएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड लगायत मधेशवादी दलका शीर्ष नेताहरुलाई दुतावासले दिवा भोजमा बोलाएको छ ।

पार्टीका शीर्ष नेतासहित अन्य दोस्रो तहका नेताहरु भोजमा सहभागि हुने बताइएको छ । तर एमालेका अध्यक्ष ओली दुतावासको निम्तो तथा भारतको गणतन्त्र दिवसका दिन पोखरामा आयोजित एक कार्यक्रममा जाने बताइएको छ ।
रेडियो तथा एफएम संचालकहरुको एक कार्यक्रममा सहभागि हुन ओली पोखरा जान लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित