प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी



हाम्रो इकोनोमि

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ ।

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।

संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २२ गते पहिलो बैठक बोलाउने सम्बन्धमा प्रदेश प्रमुखसँग छलफल भइरहेको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले बताउनुभयो ।

“माघ २२ गते बैठक बस्ने सम्बन्धमा छलफल भएको तर निर्णय भने भइसकेको छैन”, उहाँले भन्नुभयो ।

प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले यसबारेको निर्णय चाँडै नै आउने बताउनुभयो ।

प्रदेशसभा बैठकस्थलका रुपमा नदीपुरस्थित पोखरा उपत्यका नगर विकास समितिको सभाकक्ष एवं परिसरलाई थप व्यवस्थित बनाउने काम तीव्र रुपमा अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...