प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी



प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ ।

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।

संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २२ गते पहिलो बैठक बोलाउने सम्बन्धमा प्रदेश प्रमुखसँग छलफल भइरहेको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले बताउनुभयो ।

“माघ २२ गते बैठक बस्ने सम्बन्धमा छलफल भएको तर निर्णय भने भइसकेको छैन”, उहाँले भन्नुभयो ।

प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले यसबारेको निर्णय चाँडै नै आउने बताउनुभयो ।

प्रदेशसभा बैठकस्थलका रुपमा नदीपुरस्थित पोखरा उपत्यका नगर विकास समितिको सभाकक्ष एवं परिसरलाई थप व्यवस्थित बनाउने काम तीव्र रुपमा अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

वर्तमान सरकार ढल्ने कुनै सम्भावना छैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना

सप्तरीमा बस दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

    सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको

रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र