वैदेशिक रोजगारीको नाममा मानव बेचविखन बढ्दै



हाम्रो इकोनोमि

मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिदै गएकोप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
जोन्ता इन्टरनेशनल, महिला विकास कानुन मञ्च र युएन वुमनलगायतका संस्थाले विहीवार राजधानीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरामा जोड दिनुभएको हो ।

कार्यक्रममा महिला विकास कानुन मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखन तथा वैदेशिक रोजगारीबीच अन्तरसम्वन्धबारे कार्यपत्र प्रस्तुत गर्दै बदलिदो परिवेशसँगै मानिस वेचविखनको स्वरूपमा परिवर्तन भएको छ, वैदेशिक रोजगारी यसका लागि सजिलो बहाना भएको छ भन्नुभयो ।

उहाँले वैदेशिक रोजगार सम्वन्धी ऐन,कानुन कार्यान्वयनमा कडाई, यससँग सरोकार राख्ने सबैपक्ष सचेत हुनुको साथै वैदेसिक रोजगारीमा जाने व्यक्तिहरूले पनि वैधानिक बाटो अपनाएर मात्र जाने र वैदेशिक रोजगारीमा पठाउनेले झुक्याएको पाईएमा त्यस विरूद्ध कडा कार्वाही हुने कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका कानुन उप–सचिव अर्जुन प्रसाद खनालले अहिले वैदेशिक रोजगार सम्वन्धी कानुन संशोधनको प्रक्रियामा छ, यस सन्दर्भमा मानव वेचविखन विरूद्ध काम गर्दै आएको थुपै्र सङ्घ संस्थाको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट निस्किएको निचोड, निष्कर्ष संशोधन प्रक्रियाका लागि पनि प्रभावकारी हुन सक्छ भन्नुभयो ।

नेपाल प्रहरीे महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत प्रहरी उपरिक्षक दीलिपसिं देउवाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार विभागमै पनि सम्वन्धीत विज्ञ टोली सहभागी कमिटी गठन गर्न सके रोजगारीमा जाँदा ठगिएका पीडित नेपालीको उद्धार, क्षतिपूर्ति दिलाउने कार्यमा समन्वय गर्न प्रहरीलाई सजिलो हुने सुझाव दिनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा हरेक दिन नयाँ नयाँ समस्या थपिदै गएको छ, यससम्वन्धी कानुनमा अष्पष्टता रहेकोले पनि प्रहरीलाई त्यस सम्वन्धी उजुरीमा काम गर्न गाह्रो भईरहेको पनि जानकारी दिनुभयो ।

त्यसैगरी महान्यायधिवक्ताको कार्यलयका सह–न्यायधिवक्ता कृष्णजीवि घिमिरेले वैदेशिक रोजगारीमा जाँदा वैधानिक बाटो अपनाएर, सम्वन्धीत सिप तालिम हासिल गरेर मात्र जान सके वेचविखनमा पर्न सक्ने सम्भावना कम भएपनि जोखिम मोलेरै त्यसतर्फ जानेको सङ्ख्या हरेक दिन बढेको छ, त्यसकारण पनि वैदेशिक रोजगार असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो ।

घिमिरेले जोखिम छ, भनेर सम्झाउँदा पनि मानिस जान नछोड्ने प्रवृत्तिले पनि यस क्षेत्रमा झनै समस्या थपिएको छ, यसको न्युनिकरणको लागि सबैको पहल, जागरण, आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा सहभागी जोन्ता इन्टरनेशनलका प्रमुख सोन्जा ह्वाङसङ्घले जोन्ताले संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनसँग सहकार्य गरी नेपालमा काम गरिरहेकोबारे जानकारी दिंदै यहाँ काम गर्ने क्रममा महिला–पुरूषको असमान अधिकारको नकारात्मक प्रभावले महिलाको हक अधिकारलगायत थुप्रै क्षेत्र प्रभावित भएको अनुभव सुनाउनुभयो ।उहाँले म स्वीडेनको नागरिक हुँ, त्यहाँ हिंसा विरूद्ध कानुन नै कडा छ, विश्वभरका छैसठ्ठी देशका तेत्तिसहजार उद्यमी महिलाबाट प्राप्त चन्दाबाट विभिन्न देशका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा जुट्दा नेपालमा महिलाको अवस्थाबारे जान्ने अवसर पाइयो, यस क्रममा यहाँ बालविवाह हुने, महिला कम शिक्षित, पुरूषले अफिसमा गएर कमाएको मान्यता ठूलो, महिला घर बसेर पु¥याएको सेवाको कुनै मुल्य नपाउनेलगायतका कारणले महिला वैदेशिक रोजगारीमा जाँदा पनि ठगिने, यौन हिंसामा पर्ने, वेचविखनमा पर्ने जोखिममा पर्ने सम्भावना हुन्छ भन्नुभयो ।

युएन वुमनका रणनैतिक साझेदार विज्ञ सरू जोशीले युएन वुमनले अहिले जोन्तासँग मिलेर छसय महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम प्रदान गरिरहेको जानकारी दिनुभयो ।

महिला आत्मनिर्भर बन्ने, केही कमाएर छोराछोरी राम्ररी पढाउनेलगायतका इच्छाले वैदेशिक रोजगारमा जाँदा धेरै जोखिममा परिरहेको सन्दर्भमा स्वेदेशमै उद्यमी बन्न प्रदान गरिएको तालिमले धेरै महिला वेचविखनमा शिवा । पर्ने जोखिमबाट मुक्त पार्न सहयोगी सिद्ध हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...