प्रचण्डलाई पारा छुटाउने गरी ओलीले भने- सरकार गठन अघि कि पार्टी एकता अघि भन्ने प्रश्नको कुनै अर्थ छैन



हाम्रो इकोनोमि

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सरकार गठन कि पार्टी एकता भन्ने प्रश्नको अर्थ नहुने बताएका छन्। ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार गठनअघि नै पार्टी एकता प्रक्रिय सुरु हुनुपर्ने माओवादी केन्द्रका नेताहरूको भनाइतिर लक्षित गर्दै ओलीले सरकार बन्नुअघि एकता नहुने संकेत गरेका हुन्।

सरकार गठनको कुरा बेग्लै हो, पार्टी एकताको कुरा बेग्लै हो’, ओलीले बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सरकार गठन अघि कि पार्टी एकता अघि भन्ने प्रश्नको कुनै अर्थ छैन।’

एमाले र माओवादीका नेताहरूले निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकता हुने बताउँदै आए तापनि अहिलेसम्म त्यसको प्रष्ट खाका आइसकेको छैन। ओली आफैंले पनि अघिल्लो साता नियमति स्वास्थ्य जाँचका लागि बैंकक जानुअघि १५ दिनभित्र एकता हुने बताएका थिए।

काठमाडौं फर्केपछि ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै दुई पटक भेटवार्ता गरी एकताबारे छलफल गरेका छन्। तर ओली र दाहाल दुवैले एकता प्रक्रियाबारे सकारात्मक छलफल भएको बताउने गरे पनि त्यसले कति अवधी लिन्छ भन्ने खुलाएका छैनन्।

केही दिनअघि बसेको पार्टी एकता संयोजन समिति बैठकमा पनि पार्टी एकता भन्दा अरु नै विषयले प्राथकिता पाएपछि एमाले–माओवादी एकताले लामो बाटो लिने अनुमान कार्यकर्ताहरूले गर्न थालेका छन्।
यही अवस्थामा ओलीले बिहिबार सरकार गठनअघि पार्टी एकता नहुने प्रष्ट संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...