१४ वर्षीया बालिका बलात्कार गर्ने सेनाका मेजर पुर्पक्षका लागि जेल चलान



हाम्रो इकोनोमि

एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) जेल चलान भएका छ। मेजर प्रभवविक्रम शाहलाई बिहिबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले बताए।

बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए। अनुसन्धान पुरा गरी मंगलबार उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।
घटना पुस १४ गतेको हो। मेजर शाह बुद्धनगरस्थित आफन्तको डेरामा गएका थिए। सोही बेला उनले आफन्तको पनि आफन्तको बच्चासँग अप्राकृतिक यौन गतिविधि गरेका हुन्।

मेजर शाहविरुद्ध जर्बजस्ती करणी मुद्दा अन्तर्गत बालयौन दुराचारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। प्रहरीले अनुसन्धान गरेपछि शाहलाई सैनिक हिरासतमै राखिएको थियो।
पीडित बालिकाले एक संस्थाका प्रतिनिधिलाई आफुमाथि हुने दुव्र्यवहारबारे बताएपछि सोही संस्थाको पहलमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...