सहिद दिवसको २ दिन अगाडी मुख्यमन्त्रीको टुङ्गो लगाउने साइत जुराएर एमाले–माओवादीको बैठक यसरी सकियो



हाम्रो इकोनोमि

प्रदेश सरकार निर्माण सम्बन्धी एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले १४ माघमा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ। आज बसेको कार्यदलको बैठकले सम्पूर्ण विषय आगामी बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको हो।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले संघीय मन्त्री मण्डल भन्दा प्रादेशिक मन्त्री मण्डल ठूलो हुने देखिएकाले त्यसको संख्या घटाउन पहल गर्ने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए।

आजको बैठकमा कार्यदलका सदस्य रहेका एमाले नेताद्वय सुरेन्द्र पाण्डे र सुवाषचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए। तर, बादल पनि लामो समय बसेनन्। यसैगरी एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका बर्षमान पुन र मातृका यादवपनि उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...