कृषि क्षेत्रमा ज्याला समान गर्न महिलाको माग



हाम्रो इकोनोमि

कृषि क्षेत्रमा पाउने पारिश्रमिक महिला तथा पुरुषलाई समान गर्न महिलाले माग गरेका छन् ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले काभ्रेपलाञ्चोकको उग्रचण्डीमा आयोजना गरेको शान्ति निर्माणका लागि संवाद कार्यक्रममा उनीहरुले सामाजिक संरचनाका कारण ज्यालामा एकरुपता नभएको औँल्याए ।

उग्रचण्डीनालाकी भावना बजगार्इंले कृषि क्षेत्रमा पुरुष र महिलाले गर्ने काममा समानता भए पनि पारिश्रमिकमा विभेद भएको गुनासो गर्नुभयो । उहाँले महिलालाई कृषिमा आधारित काममा रु ४८० मात्रै दिइएको र पुरुषलाई रु ८०० दिएको जानकारी दिँदै समान ज्यालाका लागि सबै महिला एक हुनुपर्ने बताउनुभयो ।

उग्रचण्डीनालाकै रमा थापाले कृषिमा सामाजिक विभेदका कारण असमान ज्याला रहेको उल्लेख गर्दै श्रमको उचित पारिश्रमिक अधिकारको विषय भएको बताउनुभयो । बनेपा नगरपालिका– ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहालले नीतिगत तहबाट समान ज्याला निर्धारणको तयारी भएको जानकारी दिँदै ज्यालामा असमानता सबै क्षेत्रमा रहेको बताउनुभयो । कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...