नेप्से परिसूचक ९ अंकले बढ्यो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया



साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ६ लाख ६२ हजार १ सय ६९ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका विकास बैंक र अन्य बाहेक सबै समुहगत सूचक बढेका छन् । आज सानिमा माई हाइड्रोको १ करोड ८१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, फरवार्ड माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स , नबिल बैंक लगायत रहेका छन् ।

आज बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्बाधिक ५.१९ प्रतिशत तथा बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले ४.१७ प्रतिशत कमाएका छन् । त्यस्तै आज हिमालयन डिस्टिलरीको शेयर मूल्य ३.९७ प्रतिशत, नेको इन्स्योरेन्सको ३.७७ र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ३.४५ प्रतिशतले बढेको छ।

आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.२ प्रतिशत तथा सिनर्जी पावरका लगानीकर्ताले २.४ प्रतिशत गुमाएका छन् । त्यस्तै आज दिब्यस्वरी हाइड्रोको शेयर मूल्य २ प्रतिशत , ज्योति विकस बैंकको १.८७ प्रतिशत र नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य १.८१ प्रतिशत मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका