गरुड जस्ता प्रचण्डलाई एमालेले अध्यक्ष दिन यसरी थाप्दैछ अत्तो,ओलीलाई नागको मणी भन्दै पूजा गर्नेले एकतामा हाल्दैछन् यस्तो भाँजो



हाम्रो इकोनोमि

अहिलेको राजनीतिक तरङ्ग एमाले र माओवादीबिचको एकता प्रक्रियामा रुमल्लिरहेको छ । चुनाव लगत्तै एकता गर्नै भनेर घोषणा गरेका एमाले र माओवादीबिचको एकता पदीय भागबण्डामा नै अड्किएको छ ।
डरलाग्दो प्रचण्डलाई एमालेले अध्यक्ष पत्याउला त ? राजनीतिकवेत्ताहरुले अझै पत्याउन सकिरहेकाछैनन् ।

पार्टी एकता सयोजन समितिको बैठक निष्कर्ष निकाल्ने गरी बस्न सकेको छैन भने वैचारिक र संगठनात्मक स्वरुप निर्धारणका लागि बनाउने भनिएको कार्यदल पनि बन्न सकेको छैन ।

सरकार निर्माणभन्दा अघि पार्टी एकता गर्ने भनिए पनि एकता प्रक्रियाले गति लिन नसक्दा अन्योलता बढेको छ ।
ओली पक्षको एउटा समुह प्रचण्डलाई अध्यक्ष बनाउन नहुनेमा छन् भने एमालेकै केही नेताहरु भने प्रचण्डलाई अध्यक्ष बनाएर एकता गर्नुपर्ने पक्षमा छन् ।

माओवादी पनि प्रधानमन्त्री ओली बनेपछि पार्टी अध्यक्ष प्रचण्ड बन्नुपर्ने अडानमा छन् । माओवादी नेता टोपबहादुर रायमाझीले पनि अध्यक्ष प्रचण्डलाई बनाउनुपर्ने बताएका छन् । नेता रायमाझीले प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार हुनुपर्नेमा जोड दिए ।

तर बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा एमालेका नेता शेरधन राईले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद ओलीले दिने बताएका थिए । यसबाट स्पष्ट हुन्छ कि पार्टी एकताका लागि पदीय बाँडफाँट नै मूख्य चुनौति देखिएको छ ।

यता एमालेले बुझ्नुपर्ने कुरा के हो भने जनमत पनि ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष भन्नेतिर गएको स्पष्ट देखिन्छ । जसरी ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरिएको छ त्यसैगरी प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने जनमत पनि बनिरहेको छ ।

तर एमालेका केही नेताहरुको अडानलाई प्राथमिकता दिएर ओलीले बाध्यात्मक स्थिती सृजना गरी प्रचण्डलाई अध्यक्ष नदिएर एकता गर्ने रणनीति लिएको आशंका गर्न थालिएको छ ।

पार्टी एकता नगरी सुखै छैन भन्ने अर्थमा एमालेले पेलेरै भए पनि प्रचण्डलाई अध्यक्ष नदिई एकता गराउने प्रयास गरेको देखिन्छ । तर कतिपय माओवादीले प्रचण्डलाई अध्यक्ष नदिई पार्टी एकता हुन सक्दैन भनेर स्पष्ट रुपमा भनिरहेका छन् ।

यस्तो अवस्थामा एमाले र माओवादी दुवै पार्टीको नेतृत्व पंक्तिलाई एकता गर्न दबाब छ । त्यसैले दुवै दलले दबाब, बाध्यता र आवश्यकता सबै कुरालाई मध्यनजर गर्दै एकता प्रक्रिया तत्काल टुङ्ग्याउनु नै उचित हुन्छ । अन्यथा एकले अर्कालाई पेलेरै एकता गर्ने रणनीति अभिषाप बन्न सक्छ ।

प्रचण्डको राजनीतिक पृष्ठभूमि हेर्दा जुनसुकै बेला नसोचेको निर्णय गर्न पछि पर्दैनन् । कुनै पनि पद नपाए पनि एकता गर्नेदेखि आफूले भनेजस्तो नभए एकता प्रक्रिया तोडिएकोसम्म निर्णय गर्ने स्वभावका प्रचण्डले जुनसुकै बेला सबैलाई आश्चर्यमा नपार्लान भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...