बिरोधका बीच कोमल ओली यसरी राष्ट्रिय सभा सदस्यमा निर्बिरोध निर्वाचित भईन



हाम्रो इकोनोमि

प्रदेश नम्बर पाँचमा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्‍मेदवार बनेकी बनेकी लोक गायिका कोमल ओलीसहित तीन जना महिला निर्विरोध निर्वाचित भएका छन्।

महिला तर्फ छुट्‍याएको तीन कोटामा एमालेका दुई र कांग्रेसका एक महिला निर्विरोध निर्वाचित भएको प्रदेशको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

उनले भने, ‘ उहाँहरु महिला कोटामा निर्विरोध निर्वाचित हुनु भएको छ। तर आधिकारिक घोषणा भने माघ १५ गते गर्छौ।’

यसका साथै प्रदेश नं. ५ मा राष्ट्रिय सभा निर्वाचनमा चार राजनैतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।जसमा खुल्लातर्फ ४, महिलामा ३, दलितमा २ र अपाङ्ग/अल्पसंख्यकमा २ जना गरी जम्मा ११ जनाको उम्मेदवारीले दर्ता गराएका हुन् ।

खुल्लामा
नेकपा एमाले–खिमलाल भट्टराई
नेकपा माओवादी केन्द्र–चन्द्रबहादुर खड्का
नेपाली काङग्रेस–दुर्गा प्रसाद उपाध्याय
राष्ट्रिय जनमोर्चा–रश्मीराज नेपाली

महिलामा

नेकपा एमाले–कोमल वली

नेकपा एमाले–मिना वुढा
नेपाली काङ्ग्रेस–अनिता देवकोटा

दलित

नेकपा एमाले–रामलखन हरिजन
नेपाली काङग्रेस–मैकलाल वाल्मीकी
अपाङ्ग÷अल्पसंख्यक
नेकपा माओवादी केन्द्र–रामकुमार कवर
नेपाली काङग्रेस–लुटबहादुर खत्री

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...