नेप्से १.६९ अंकले बढ्दा जम्मा २६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज १ दशमलव ६९ अंकले नेप्से बढेर परिसूचक १३९४ अंकमा कायम भएको छ।

बजारमा कारोबार रकम भने घटेको छ। कुल १५६ कम्पनीको २६ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो। यस दिन फाइनान्स, उत्पादन र माइक्रोफाइनान्स उपसूचक रातो अंकमा रहे भने अरु सबै हरियो अंकमा देखिए। फाइनान्स ०.७, उत्पादन २६ र माइक्रोफाइनान्स २ अंकमा घटे।

यस दिन बैंकिङ ०.३, व्यापार ४, होटल १४, विकास बैंक ७, जलविद्युत ३, बिमा १६ र अन्य समूह ५ अंकले बढे। कारोबारका आधारमा नेपाल फाइनान्सको संस्थापक सेयर उच्च रह्यो। सो कम्पनीको ३ करोड ५४ लाखको कारोबार भयो। नविल बैंक, बुटवल पावर, स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा अग्रस्थानमा रहे।

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत मूल्य कमाए। सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशत बढ्यो। हिमालयन डिस्टिलरीका लगानीकर्ताले ५ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...