व्यावसायिक कृषिकर्मतर्फ किसान आर्कषित



सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् ।

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका २१ जना व्यवसायीले कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

उनीहरुले व्यावसायिक रुपमा गाईपालन, माछापालन, च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, फलफूल, तरकारीलगायत उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताउनुभयो । उहाँले भन्नुभयो – “केही वर्षअघिसम्म किसानमा कृषि विकास बैंकले लगानी गर्दैन भन्ने मानसिकता थियो, अहिले व्यावसायिक कृषिकर्मका लागि कृषि कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ ।”

शाखा कार्यालय बिर्तामोडले ८०० ग्राहकका लागि लगानी गरेको कूल कर्जा रु ६२ करोड नौ लाखमध्ये युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरिएको उहाँले बताउनुभयो । सो कर्जामा सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान किसानलाई दिने गरेको छ ।

अनुदानमा कृषि कर्जा लिएर उत्कृष्ट कारोबार गर्नेमा बिर्तामोड–४ स्थित बिर्ता एग्रो कन्सनका सञ्चालक हर्क कार्की हुनुहुन्छ । उहाँले व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । कार्कीले बैंकमार्फत रु ६० लाख ऋण लिएर माछापालन शुरु गर्नुभएको हो ।

कार्की मात्र होइन उहाँ जस्तै अर्का व्यवसायी हुनुहुन्छ कृष्णकुमारी खत्री । उहाँले कृषि विकास बैंकबाट कर्जा लिएर बिर्तामोड–९ मा पाथीभरा च्याउ उद्योग सञ्चालन गरिरहनुभएको छ । उहाँले च्याउ उद्योगमा बीउसमेत उत्पादन गर्नुहुन्छ । खत्रीले बैंकमार्फत रु २० लाख अनुदानमा ऋण लिएर च्याउ उद्योग सञ्चालन गर्नुभएको हो ।

यस्तै, बिर्तामोड–४ की गीतादेवी भण्डारी युवा तथा साना व्यवसायी कृषि कर्जा लिने व्यवसायी हुन् । उहाँले रु १८ लाख बैंकबाट ऋण लिएर बिर्तामोड–४ मा पाथीभरा गाई फार्म सञ्चालन गर्नुभएको छ । भण्डारीले सोही फार्मबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

युवा तथा साना व्यवसायीका लागि कृषि विकास बैंकले लगानी गर्न शुरु गरेपछि व्यावसायिक कर्जा लिनेको संख्यामा वृद्धि हुँदै गएको छ । सो कर्जा लिन पूर्णरुपमा व्यावसायिक हुनुपर्ने, उदाहरणीय कृषक हुनुपर्ने, रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, मासिकरुपमा ब्याज बुझाउन सक्नेलगायत प्रावधान रहेको शाखा प्रबन्धक बराकोटीको भनाइ छ ।

प्रशान्त उत्कृष्ट ग्राहक

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले झापा बिर्तामोडका प्रशान्त गिरीलाई उत्कृष्ट ग्राहकका रुपमा सम्मान गरेको छ ।

विगत १७ वर्षदेखि कृषि विकास बैंकमा आबद्ध भएर नियमित, अनुशासित र सबैभन्दा बढी कारोबार गरेको भन्दै गिरीलाई उत्कृष्ट ग्राहकका रुपमा सम्मान गरेको कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडका शाखा प्रबन्धक बराकोटीले बताउनुभयो । गिरी होटल हेवन ग्राण्डका सञ्चालक हुनुहुन्छ । उहाँले सानो व्यवसायबाट कारोबार शुरु गरेर अहिले ठूलो व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह