एचआईभी संक्रमितहरुको २ दिने राष्ट्रिय भेला सम्पन्न, जारी गरे ११ बुदे घोषणापत्र



हाम्रो इकोनोमि

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले २ दिने एचआईभी संक्रमितहरुको राष्ट्रिय भेला ११ बुदे घोषणापत्र जारी गर्दै होटल ग्लोबल नारायणघाट चितवनमा सम्पन्न गरेको छ ।देशका ७७ वटै जिल्लाका १०० भन्दा बढी एचआईभी संक्रमितहरुद्वारा स्थापित संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । सो भेलामा एड्स हेल्थकेयर फाण्डेशन नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेल, सिसिएम नेपालका संयोजक महेश ढुङ्गेल र सेभ द चिल्ड्रेन ईन्टरनेशनल नेपालको तर्फबाट बरिष्ठ कार्यक्रम संयोजक हेम पौड्याल लगायत दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।एचआईभी संक्रमितहरुको राष्ट्रिय भेलाले चितवनमा जारी गरेको ११ बुँदे घोषणापत्र यस प्रकार रहेको छ ।

१. एचआईभी संक्रमितहरुले समुदायबाट भोग्नुपरेका लाञ्छना र भेदभाव न्यूनीकरण गरि गुणस्तरीय उपचारमा समान पहुँचको लागि सूनिश्चितता हुनुपर्ने र राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले राज्यले अंगीकार गरेको लक्ष्य प्राप्तीको लागि टेस्ट ट्रिट एण्ड रिटेंसन का लागि पैरवी र नेतृत्व गर्ने ।

२. ६५ प्रतिशतभन्दा धेरै संक्रमितहरुलाई आफ्नो जीवनकालमा कम्तीमा एकपटक क्षयरोगको संक्रमण हुने गरेको सन्दर्भमा उक्त समस्यालाई समाधान गर्न एकीकृत क्षयरोग एचआईभी कार्यक्रम सबै जिल्लामा लागु गर्ने ।

३. महासंघको नेतृत्वमा क्षयरोग–एचआईभी राष्ट्रिय समिती गठन गरी एचआईभी क्षयरोगको सह–संक्रमणलाई रोकथाम तथा उपचार गर्न पहुँच बृद्धिका लागि यस महासंघको राष्ट्रब्यापी सञ्जालद्वारा पहलकदमी लिने ।

४. सुईबाट लागुपदार्थ लिई संक्रमित भएकाहरुमा हेपाटाईटीस सी को संक्रमण दर र सो को कारणले मृत्युदर उच्च देखिएकोले उक्त समस्या निराकरण गर्न गुणस्तरीय उपचार सेवाको पहुँचमा बृद्धि गर्ने ।

५ . हाल देशभरी रहेका एचआईभी संक्रमितहरुको पृष्ठभूमी हेर्दा ७५ प्रतिशत संक्रमितहरु रोजगारीको सिलसिलामा बसाईँसराई गरि बिदेश जानेहरुमा संक्रमण देखिएको र उनीहरुमा एचआईभी संक्रमण रोक्न र संक्रमितहरुलाई उपचारमा पहुँच पुर्याउन महासंघको नेतृत्वमा राष्ट्रिय समिती गठन गरी राष्ट्रिय निर्देशिका अन्तर्गत उपचार प्रणालीको दायरा भित्र ल्याउने ।

६. बैदेशिक रोजगारमा गएका व्यक्ति र तिनका परिवारहरु संक्रमित हुने मात्र नभई उनीहरुको गरिबीको कारणले दैनिक जीविकोपार्जनमा समस्या देखिएकोले उनीहरुको आर्थिकस्तर उकास्नको लागि विभिन्न सरोकारवाला निकायसंग समन्वय गरि कार्यक्रमहरु दीगो रुपमा सञ्चालन गर्ने ।

७. खुल्ला सीमानाका कारणले नेपाल र भारतको साझा समस्याको रुपमा रहेको एचआईभी संक्रमण र अन्य रोगहरुको न्युनीकरणको लागि द्विदेशीय सहकार्यको लागि बहुपक्षीय र द्विपक्षीय गोष्ठीहरु सञ्चालन गरि समाधानका लागि पहल गर्ने ।

८. संक्रमितहरुमाथि हुने कुनैपनि किसिमका लाञ्छना र भेदभाव हरुलाई अन्त्य गर्न नेपालको संबिधानले मानव अधिकारको लागि प्रदत्त गरेको प्रावधानको कार्यान्वयन सूनिश्चितता गर्ने ।

९. एचआईभी संक्रमित र प्रभावित बालबालिकाहरुको आधारभूत आवश्यकताको लागि एड्भोकेसी तथा उनीहरुको लागि उपयूक्त वातावरण तयार गर्ने ।

१०. निती नियम, स्रोत बाँडफाँड तथा योजना तर्जूमा लगायतका सरोकारवाला सबैखाले निकाय,तहहरुमा संक्रमित समुदायहरुको अर्थपूर्ण सहभागिताको सूनिश्चितता गर्ने ।

११. संक्रमितहरुको काममा दक्षता र क्षमता विकास गरि उनीहरुको गरिवी निवारण र आर्थिक स्तर उकास्नको लागि उद्यमशीलता विकास र रोजगारीका अवसरहरु सिर्जना हुने बातावरण तयार गर्ने ।

 

प्रतिक्रिया दिनुहोस
इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...