एचआईभी संक्रमितहरुको २ दिने राष्ट्रिय भेला सम्पन्न, जारी गरे ११ बुदे घोषणापत्र



हाम्रो इकोनोमि

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले २ दिने एचआईभी संक्रमितहरुको राष्ट्रिय भेला ११ बुदे घोषणापत्र जारी गर्दै होटल ग्लोबल नारायणघाट चितवनमा सम्पन्न गरेको छ ।देशका ७७ वटै जिल्लाका १०० भन्दा बढी एचआईभी संक्रमितहरुद्वारा स्थापित संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । सो भेलामा एड्स हेल्थकेयर फाण्डेशन नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेल, सिसिएम नेपालका संयोजक महेश ढुङ्गेल र सेभ द चिल्ड्रेन ईन्टरनेशनल नेपालको तर्फबाट बरिष्ठ कार्यक्रम संयोजक हेम पौड्याल लगायत दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।एचआईभी संक्रमितहरुको राष्ट्रिय भेलाले चितवनमा जारी गरेको ११ बुँदे घोषणापत्र यस प्रकार रहेको छ ।

१. एचआईभी संक्रमितहरुले समुदायबाट भोग्नुपरेका लाञ्छना र भेदभाव न्यूनीकरण गरि गुणस्तरीय उपचारमा समान पहुँचको लागि सूनिश्चितता हुनुपर्ने र राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले राज्यले अंगीकार गरेको लक्ष्य प्राप्तीको लागि टेस्ट ट्रिट एण्ड रिटेंसन का लागि पैरवी र नेतृत्व गर्ने ।

२. ६५ प्रतिशतभन्दा धेरै संक्रमितहरुलाई आफ्नो जीवनकालमा कम्तीमा एकपटक क्षयरोगको संक्रमण हुने गरेको सन्दर्भमा उक्त समस्यालाई समाधान गर्न एकीकृत क्षयरोग एचआईभी कार्यक्रम सबै जिल्लामा लागु गर्ने ।

३. महासंघको नेतृत्वमा क्षयरोग–एचआईभी राष्ट्रिय समिती गठन गरी एचआईभी क्षयरोगको सह–संक्रमणलाई रोकथाम तथा उपचार गर्न पहुँच बृद्धिका लागि यस महासंघको राष्ट्रब्यापी सञ्जालद्वारा पहलकदमी लिने ।

४. सुईबाट लागुपदार्थ लिई संक्रमित भएकाहरुमा हेपाटाईटीस सी को संक्रमण दर र सो को कारणले मृत्युदर उच्च देखिएकोले उक्त समस्या निराकरण गर्न गुणस्तरीय उपचार सेवाको पहुँचमा बृद्धि गर्ने ।

५ . हाल देशभरी रहेका एचआईभी संक्रमितहरुको पृष्ठभूमी हेर्दा ७५ प्रतिशत संक्रमितहरु रोजगारीको सिलसिलामा बसाईँसराई गरि बिदेश जानेहरुमा संक्रमण देखिएको र उनीहरुमा एचआईभी संक्रमण रोक्न र संक्रमितहरुलाई उपचारमा पहुँच पुर्याउन महासंघको नेतृत्वमा राष्ट्रिय समिती गठन गरी राष्ट्रिय निर्देशिका अन्तर्गत उपचार प्रणालीको दायरा भित्र ल्याउने ।

६. बैदेशिक रोजगारमा गएका व्यक्ति र तिनका परिवारहरु संक्रमित हुने मात्र नभई उनीहरुको गरिबीको कारणले दैनिक जीविकोपार्जनमा समस्या देखिएकोले उनीहरुको आर्थिकस्तर उकास्नको लागि विभिन्न सरोकारवाला निकायसंग समन्वय गरि कार्यक्रमहरु दीगो रुपमा सञ्चालन गर्ने ।

७. खुल्ला सीमानाका कारणले नेपाल र भारतको साझा समस्याको रुपमा रहेको एचआईभी संक्रमण र अन्य रोगहरुको न्युनीकरणको लागि द्विदेशीय सहकार्यको लागि बहुपक्षीय र द्विपक्षीय गोष्ठीहरु सञ्चालन गरि समाधानका लागि पहल गर्ने ।

८. संक्रमितहरुमाथि हुने कुनैपनि किसिमका लाञ्छना र भेदभाव हरुलाई अन्त्य गर्न नेपालको संबिधानले मानव अधिकारको लागि प्रदत्त गरेको प्रावधानको कार्यान्वयन सूनिश्चितता गर्ने ।

९. एचआईभी संक्रमित र प्रभावित बालबालिकाहरुको आधारभूत आवश्यकताको लागि एड्भोकेसी तथा उनीहरुको लागि उपयूक्त वातावरण तयार गर्ने ।

१०. निती नियम, स्रोत बाँडफाँड तथा योजना तर्जूमा लगायतका सरोकारवाला सबैखाले निकाय,तहहरुमा संक्रमित समुदायहरुको अर्थपूर्ण सहभागिताको सूनिश्चितता गर्ने ।

११. संक्रमितहरुको काममा दक्षता र क्षमता विकास गरि उनीहरुको गरिवी निवारण र आर्थिक स्तर उकास्नको लागि उद्यमशीलता विकास र रोजगारीका अवसरहरु सिर्जना हुने बातावरण तयार गर्ने ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...