राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि



हाम्रो इकोनोमि

राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हुँदैछ ।

निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ ।

प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसङ्ख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने संवैधानिक प्रावधान छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २०५६ मतदाता छन् । आज मनोयनन दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले छानबिनपछि यही माघ १५ गते चुनाव चिह्न प्रदान गर्नेछ । राष्ट्रिय सभाको निर्वाचनमा २१ राजनीतिक दलले भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेदवार उठाएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...