नेप्से १४ सय बिन्दुभन्दा तल, ३२ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.०५ अंकले घटेर १४ सय भन्दा तल अर्थात् १३९३.०४ को बिन्दु र रोकिएको छ ।

आज बजारमा १५५ कम्पनीका शेयर ३२ करोड २६ लाख रुपैयाँमा खरिद बिक्री भयो। सोमबार ३६ करोड रुपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम चार करोड रुपैयाँ कम हो। मंगलबार सबैभन्दा बढी सानिमामाई हाइड्रोपावर कम्पनीको दुई करोड ९२ लाख रुपैयाँको कारोबार भयो।

उपसूचक मिस्रित देखिएका छन्। बैंक ६.६७, ट्रेडिङ ०.५, होटल ३७.२९, विकास बैंक ३.४५, जलाबिद्युत २९.४८, फाइनान्स ३.८३, बीमा ८७.६५, अन्य ०.३६ र लघुबित्त ९.२१ अंकले घटेका छन्। उत्पादनमुलक समुहमा कुनै कारोबार भएन।

मंगलबार फर्स्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाए।कालिका माइक्रोक्रेडिटका शेयर धनीले सबैभन्दा बढी करिब ६ प्रतिशत नै गुमाए।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...