मधेसवादी दल बाम गठबन्धन संग नजिकिदै,राष्ट्रिय सभाको चुनाबमा यसरी हुदैछ तालमेल



हाम्रो इकोनोमि

माओवादी केन्द्रले सार्वजनिक गरेको राष्ट्रियसभा उम्मेदवार सूचीमा १३ जनाको मात्र नाम छ। एमालेसँग सहकार्य गरेको माओवादीले मधेसवादी दलहरुसँग छलफल हुन बाँकी रहेका कारण एक सिट खाली राखेको हो।

फोरम–राजपाले वाम गठबन्धनसँग २ नम्बर प्रदेशबाट ६ सिट माग गरिरहेका छन्। यो विषयमा सहमति जुटाउन मंगलबार बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दुवै पक्षका नेताहरुबीच बैठक भएको थियो। वाम गठबन्धनले मधेसवादीलाई चार सिट दिन सकिने जानकारी दिए। कुरा मिल्न नसकेपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरियो।

‘हामीलाई ६ सिट दिनुहोस। त्यसरी गठबन्धन बनाउन सके कांग्रेस शुन्य सिटमा सीमित हुन्छ भनेर उहाँहरुले कुरा राख्नुभयो’, बैठकमा सहभागी एक एमाले नेता भने, ‘वाम गठबन्धनको लाभ हामीले पाउनुपर्छ भन्ने ढंगले उहाँहरुको भनाइ छ। हामीले ४ सिटभन्दा बढी दिन नसकिने बतायौं।’

राजपा महासचिव मनिष सुमनले भने आफूहरुले ५ सिट माग गरिरहेको बताए। ‘हामी आफैँले ४ सिट जित्ने भएकाले गठबन्धन बनाएपछि ५ सिट पाउनु पर्ने दाबी गरेका हौं’, उनले भने।

आफूहरुको यही दाबी काँग्रेससँग पनि राखेको भन्दै सुमनले ४ सिटमा तालमेल गर्न दुवै दल सहमत भए पनि ५ सिटमा भने दुवै दलले असहमति जनाएको बताए। ‘कांग्रेस, एमाले दुवैसँग हामीले ५ सिटको दाबी गरेका हौं, दुवै पार्टीले ४ सिट दिन तयार हुनुभएको छ’, उनले भने।

संविधान संशोधनको विषय पेचिलो
राष्ट्रिय सभाको तालमेलका लागि बसेको बैठकमा संविधान संशोधनको विषय पनि उठेको थियो। राजपा–फोरमका नेताहरुले संविधान संशोधनका सम्बन्धमा वाम गठबन्धनबाट लिखित प्रतिबद्धता खोजेका थिए। तर गठबन्धनका नेताहरुले भने लिखित प्रतिबद्धता व्यक्त गर्न नसकिने जवाफ दिए। गठबन्धनका नेताहरुले संविधान संशोधनका विषयमा नेताहरुसँग छलफल गरिसकेपछि मात्र टुंगोमा पुग्न सकिने बताएका थिए। ३ बजे देखी फेरि बैठक सुरु भएको छ।

‘लिखित रुपमा संविधान संशोधन प्रत्याभूति उहाँहरुले दिन सक्नुभएन, उहाँहरुसंग हाम्रो हार्दिकतापूर्वक कुराकानी हुन सकेन’, सुमनले भने। नेपाली काँग्रेसले संविधान संशोधनका विषयमा सकारात्मक जवाफ दिएकाले राष्ट्रियसभामा पनि कांग्रेससंग तालमेलको सम्भावना बढेको उनले बताए।

‘सिटकै हिसाबले वाम गठबन्धनसँग तालमेल गर्दा हामीलाई फाइदा हुन्छ तर संविधान संशोधनको हाम्रो मुद्दामा काँग्रेससँग निकटता देखिएको छ। तालमेलपनि काँग्रेससंगै हुने सम्भावना छ’, उनले भने। बैठकमा एमालेबाट सुवास नेम्वाङ र अग्नि खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए।

माघ १५ मा राष्ट्रिय सभा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ। आयोगले १० गतेभित्र उम्मेदवार टुंगो लगाउन दलहरुलाई समय सीमा तोकेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...