मनोरञ्जन क्षेत्रलाई सुरक्षित बनाउन माग



हाम्रो इकोनोमि

मनोरञ्जन क्षेत्रले प्रदान गरेको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड दिइएको छ ।

माइती नेपालद्वारा सोमवार राजधानीमा आयोजित मानव बेचविखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चार माध्यमसँग सहकार्य विषयक कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको छ ।

रेष्टुरेण्ट, डान्सबार, स्पा, मसाज केन्द्रलगायतलाई मनोरञ्जनको क्षेत्र घोषणा गरिएको छ, तर त्यस क्षेत्रमा काम गर्ने प्रायः कर्मचारीहरू भने उमेर नपुगेका बालबालिकाहरू र महिला छन् उहाँहरूले गर्ने काम भने सुरक्षित छैनन् भन्ने तथ्य सार्वजनिक भईरहेको छ ।

कार्यक्रममा उक्त सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख महिला विकास अधिकृत अनिता खनालले नेपालभर दर्ता भएका २५ हजार मनोरञ्जनको क्षेत्र रहेकोमा राजधानीमा राजधानीमा मात्र १२ हजार वटा छन् । तिमध्ये ५० वटामा अनुगमन गर्दा अधिकाँशमा कम उमेरका बालबालिका र केही उमेर पुगेका महिलालाई वेटरलगायतका रोजगारी दिएर काम लगाइएको भएपनि ति सबैसँग नागरिकता नभएको, रोजगारदातासँग कुनै पनि सम्झौता र नियुक्ती नभएको पाइएको बताउनुभयो ।
उहाँले २५ हजार वटा मनोरञ्जनको क्षेत्रले थुप्रैलाई रोजगारी दिएको अवस्था छ, ति क्षेत्रमा काम गर्नेलाई पनि अनुगमन,नियमनमा ल्याई श्रम गरेर खानेको आत्मसम्मान दिलाउन सक्नुपर्छ भन्नुभयो ।

त्यसैगरी माइती नेपालका निर्देशक विश्वराम खड्काले माइती नेपालको स्थापनाको यत्तिका वर्षदेखि वेचविखन कार्यमा रोक लगाउने, त्यस विरूद्ध काम गर्ने संस्थाहरू, राज्यका अङ्गसँग मिलेर काम गरे पनि फर्केर हेर्दा स्थिती सधैं भयावह रहनु हामी सवैका लागि दुःखको कुरा हो, यसको न्युनिकरणको लागि भने राज्य, संस्था र सञ्चारमाध्यमको समवन्यात्मक भूमिका हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा मिडिया एड्भोकेसी फोरमका अध्यक्ष बबिता बस्नेतले अहिले मानव वेचविखनको स्थितिमा परिवर्तन आएको छ, यसको न्युनिकरणको लागि सबै सुसुचित र सशक्त हुनुको विकल्प छैन, सबैसँगको सहकार्यमा अगाडि बड्नुपर्छ, भन्नुभयो ।
सो अवसरमा कानुनी सहयोग तथा परामर्श केन्द्र(ल्याक)का अध्यक्ष अनिता न्यापाने थपलियाले मनोरञ्जनको क्षेत्र मर्यादित बनाउनका लागि श्रम ऐन त्यो क्षेत्रमा पनि लागु गर्न पहल गर्नु आवश्यक छ भन्नुभयो ।

सो अवसरमा माईती नेपालका कानुन अधिकृत उमा तामाङ, कार्यक्रम अधिकृत असिरा खनालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...