माओबादीको खुमलटार र एमालेको बालकोटमा राष्ट्रियसभाको उम्मेदवार टुंग्याउने बैठक जारी,को-को हुदैछन उम्मेदवार?



हाम्रो इकोनोमि

राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रका तीन शीर्ष नेताको बैठक बसिरहेको छ।
मंगलबार बिहानदेखि माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए। ‘बैठक बसिरहेको छ’, उनले भने, ‘आजै नाम टुंगो लाग्छ।’

यसअघि माओवादीका शीर्ष तीन नेतालाई उम्मेदवार टुंग्याउने जिम्मेवारी दिइएको थियो। निर्वाचन आयोगले बुधबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेकाले नाम टुंगो लगाउन पार्टीलाई सकस परेको हो।

नेकपा एमाले र माओवादी केन्द्रले ५६ मध्ये ४३ सिटमा साझा उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्। उनीहरुले क्रमश २९ र १४ स्थानमा उम्मेदवारी दिनेछन्। एमालेले भने हिजो ५, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेदवार छनोट गरिसकेको छ।

उता राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेकपा एमालेको स्थायी समिति बैठक शुरु भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा शुरु भएको हो।

आजको बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नम्बर १, २, ३ र ४ का उम्मेदवार छनोट गर्नेछ। यसअघि सोमबार बसेको स्थायी कमिटीको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका १३ जना उम्मेदवार छनोट गरेको थियो।

प्रदेश कमिटीले सिफारिस गरेका नाम मध्येबाट पार्टीको स्थायी समितिले अन्तिम नामावली छनोट गर्नेछ। वाम गठबन्धनको एक घटक एमालेले राष्ट्रियसभाका २९ सिटमा उम्मेदवारी दिनेछ।

सोमबार टुंगो लागेका उम्मेदवारहरुको सूचीः

प्रदेश नं ५
१. कोमल वली (महिला), दाङ
२. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
३. खिमलाल भट्टराई (खुला), रुपन्देही
४. मीना बुढा (महिला), रोल्पा

प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७
१. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
२. कमला ओली (महिला), कैलाली
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...