राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार तय गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै



हाम्रो इकोनोमि

आशन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार टुंगो लगाउन सत्तारुढ नेपाली कांग्रेसले आज (मंगलबार) पनि आन्तरिक छलफल गर्ने भएको छ ।

उमेदवारको टुंगो लगाउन कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार टुंगो लगाउन बिहान ११ वजे बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी दिए ।

यसअघि सोमबार बसेको बैठकले ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका चार जना उमेदवारहरुको टुंगो लगाएको थियो । कांग्रेसले ७ नम्बर प्रदेशबाट खुलातर्फ बद्रीप्रसाद पाण्डेय, महिलातर्फ तारादेवी भट्ट, दलिततर्फ शेरीराम पार्की र अपाङ्गता तर्फ छत्रराज जोशीलाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गतेभित्रै उमेदवारी टुंगो लगाइसक्नु पर्ने कार्य तालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...